काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकरीका केही ठगलाई बचाउनका लागि उद्यत भएको ठहर गरेको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको आकस्मिक संसदीय दलको बैठकले सो ठहर गरेको हो।
पार्टी प्रमुख सचेतक रमेश लेखकले संसदीय मूल्य मान्यता, परम्परालाई कमजोर गरेर पनि केही ठगलाई बचाउन उद्यत भएको निर्णय पार्टी संसदीय दलको बैठकले गरेको बताए।
‘सत्तापक्ष र सरकार देशभरका सहकारीको ठगबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउनका लागि संसदीय मूल्य मान्यता, परम्परालाई कमजोर गरेर पनि केही ठगलाई बचाउन उद्यत भएको छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्