काठमाडौं ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे नेपालको मात्रै नभई विश्वकै मत लिने दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु। नेपालमामात्रै होइन विश्वको मत लिन्छु, कांग्रेसले अर्को चुनावमा देख्छ,’ उनले भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत पाएका छन्। उनले १ सय ५७ सांसदको समर्थनसहित विश्वासको मत पाएका हुन्।
प्रतिक्रिया दिनुहोस्