ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई कांग्रेसको प्रश्न– जंगलबाट फर्काएर राजनीतिमा ल्याएको बिर्सनुभयो?


एबीसी न्यूज
७ जेष्ठ २०८१, सोमबार   ४ : १६   बजे

काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचडले विश्वासको मत लिँदैगर्दा कांग्रेसले गरेको अवरोधलाई लिएर प्रचण्डले चर्को मूल्य चुकाउनुपर्ने बताएका थिए।

लगत्तै, संसद् भवन परिसरमै एक पत्रकार सम्मेलन आयोजना गर्दै लेखकले उनको अभिव्यक्तिको आलोचनामात्रै गरेनन्, जवाफ पनि दिए।

 

‘सम्माननीय प्रधानमन्त्रीज्यूले मैले नेपाली कांग्रेसका लागि धेरै गरेको छु, आज नेपाली कांग्रेसले जे गर्यो, भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। उहाँलाई आग्रह गर्न चाहन्छु, तपाईंहरूले हामीलाई संसदीय राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ,’ उनले भने, ‘तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को होरु बिर्सनुभयो। हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेको तपाईंलाई शान्तिमा कसले ल्याएको बिर्सनुभयो।’

उनले यस्ता गैरजिम्मेवार तर्क नगर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।

‘तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालको राजनीतिक दलमा स्थापित गराउन कांग्रेसको भूमिका छैनरु यस्तो गैरजिम्मेवार कुरा, भोलिको दिनमा मूल्य चुकाउनुपर्ला, के मूल्य चुकाउनेरु,’ उनले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group