काठमाडौ ८ जेठ । राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रतिनिधि सभाबाट फिर्ता भएको छ । आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यो विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।राजनीतिक दल संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
सभामुख घिमिरेले यो प्रस्तावमाथि विरोधको सूचना भए पेश गर्न आग्रह गर्नुभएको थियो । सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहीवार बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्