ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरोहियालाई पक्राउ पुर्जीबारे खबर सुन्नासाथ प्रचण्डले रविलाई भनेका थिए– तत्काल त्यस्तो नगर्नू


एबीसी न्यूज
८ जेष्ठ २०८१, मंगलबार   ६ : १८   बजे

काठमाडौं ८ जेठ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतबाट मंगलबार बिहान पक्राउ पुर्जी जारी हुँदैगर्दा नयाँ बानेश्वरस्थित संसद् भवनमा सांसदहरू जम्मा हुँदै थिए।

प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठकका लागि पुगेका सांसदहरूले गाइँगुइँ सुनिहाले। तर, पुष्टि भइसकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सोही बैठकतर्फ गइरहेका थिए। उनलाई कसैले सिरोहियाविरुद्ध अदालतबाट अनुमति लिएर पक्राउ गर्ने योजना रहेको सूचना पु¥यायो।

 

उक्त सूचना सुन्नेबित्तिकै प्रधानमन्त्री प्रचण्डले संसद् भवन परिसरमै रहेका गृहमन्त्री रवि लामिछानेलाई भेटे। सो घटनाबारे बुझ्दै उनले अहिले तत्काल पक्राउ गर्नेसम्मको प्रक्रियामा नजान आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए अनुसार, प्रचण्डले अहिले तत्काल यस्तो कार्य नगर्न आग्रह गरेका थिए।

‘प्रकाउ गर्ने अनुमति मागेर त्यहाँ गइँदै छ अरे भन्ने थाहा भइसकेपछि अहिले तत्काल नगर्नू भनेर पीएमले भन्नुभएको हो,’ आचार्यले मंगलबार  भने, ‘अदालतबाटै पक्राउ गर्नू भन्ने आदेश भइसकेपछि प्रहरीले समातेर अदालत पेस गर्नुपर्छ भन्ने प्रहरी अधिकारीहरूबाट पीएमलाई ब्रिफ भएको छ।’

धनुषा जिल्ला अदालतले मंगलबार बिहान सिरोहियालाई नागरिकताबारे विवादमा पक्राउ पुर्जी जारी गरेको थियो।

सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको उल्लेख गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group