ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटाङमा पोलियो विरुद्धको आइपिभी खोप अभियान


एबीसी न्यूज
९ जेष्ठ २०८१, बुधबार   १२ : ३६   बजे

काठमाडौं ९ जेठ । खोटाङमा जेठ १३ गतेदेखि पोलियो विरुद्धको आइपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । १३ देखि जेठ १५ गतेसम्म पोलियो विरुद्धको आइपिभी खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्ममा जन्मिएका तर पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई राष्ट्रिय अभियान अन्तरगत सो खोप दिने तयारी गरिएको हो । जन्मेको ६ वर्षदेखि ८ वर्षपछि जिल्लाका ७ हजार ७१३ जना बालबालिकालाई पोलियो विरुद्धको आइपिभी खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौंलागाईले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले जेठ ८ गते जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रम गर्दै पोलियो विरुद्धको खोप अभियान तयारीका वारेमा जानकारी दिएको हो । पक्षघात गराउन सक्ने पोलियो विरुद्धको तीन दिने खोप अभियान सञ्चालनका लागि जिल्लामा २७६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । हरेक खोप केन्द्रमा एक÷एक जना खोप दिने स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक खोप केन्द्रमा दुई÷दुई जनाका दरले ५५२ जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख चौंलागाईले बताउनुभयो । यस्तै, ९९ जना स्थानीय सुपरिवेक्षक र प्रतेक वडाका कम्तीमा तीन स्थान हुनेगरी २३७ स्थानमा छुट बच्चाको द्रुत सवेक्षण स्थान तोकिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका ५८९ जना, ऐसेलुखर्क गाउँपालिकाका ५५७ जना, रावाबेँसी गाउँपालिकाका ४४३ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ हजार २४८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ११२ जना, साकेला गाउँपालिकाका ४४९ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ६९५ जना, खोटेहाङ गाउँपालिकाका ६८८ जना, जन्तेढुंगा गाउँपालिकाका ५०९ जना र बराहपोखरी गाउँपालिकाका ४२३ जना बालबालिकालाई खोप दिने तयारी गरिएको छ ।

२०७३ जेठदेखि २०७५ भदौको बिचमा आइपिभी खोपको अभाव हुँदा बालबालिका सो खोपबाट बञ्चित भएका थिए । सो अवधिमा खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने जोखिम भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पोलियो रोगबाट बच्न र बचाउनका लागि आ–आफ्नो बालबालिकालाई पायक पर्ने केन्द्रमा लगेर आइपिभी खोप लगाउन आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu