ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   ११ : ४२   बजे

काठमाडौं १० जेठ । यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठुलो पानी पर्ने बित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ ।
उहाँले भन्नुभयो, “सुरुङ्मार्गमा बाढी रोक्ने पूर्वाधार बनिसकेको छैन । लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङ्मा असर गर्ने भएकाले पानी पथान्तर रोक्ने योजना बनाएका छौँ ।”

वर्षाको समय दुई महिना अवधिभर पानी उपत्यका नआउने उहाँको भनाइ छ । गतवर्ष बाढीले गरेको हेडवक्रस अहिलेसम्म नबनेकाले वर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सामान्यतया नेपालमा जुन ८ ९जेठ २८० देखि मनसुन सुरु हुन्छ । यसपालि भने मौसम विज्ञान विभागले मनसुन सुरुहुने मिति किटान गरेको छैन । ठुलो पानी पर्ने बित्तिकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो । गत वर्ष माघ १ गतेबाट मात्र उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आइरहेको छ ।

मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरुङको मुखमा क्षति गरेको थियो ।

सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरुङ सुरक्षाका लागि मनसुन सुरु हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यस पटक थप सतर्कता अपनाउने तयारी गरेका छौँ, अघिल्लो पटक बालुवा छिरेकाले सुरुङ सफा गर्न कठिन भयो । यसपटक त्यो नदोहोरियोस् भनेर सुरुमै सावधानी अपनाएका छौँ ।”

२०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले आयोजनामा क्षति गरेपछि मेलम्चीको पानी वर्षायाममा उपत्यका ल्याउन समस्या भएको छ । मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपियाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौँ ल्याएको थियो ।

जसमा बाढीले कटान गरेको पहुँच मार्ग बनाउन एक करोड र सुरुङ सफा गर्न करिब दुई करोड रुपियाँ खर्च भएको थियो । मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एसियाली विकास बैङ्क ९एडिबी० ले अम्बाथानमा रहेको हेडवर्क्सलाई अन्यत्र सार्न सुझाएको छ ।

त्यहाँ हेडवर्क्स सार्दा करिब चार अर्ब रुपियाँ खर्च हुने प्रक्षेपण गरिएको छ । गत वर्षको कात्तिकमा खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्न एसियाली विकास बैङ्कले सुझाएको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबारे विज्ञबाट पुनरावलोकन गर्ने निर्णय समेत गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group