ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बुद्धको जन्मभूमि नेपाल हुनु हाम्रा लागि गौरव’


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   ११ : ४९   बजे

काठमाडौं १० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताउनुभएको छ । उहाँले २५६८ औँ बुद्ध जयन्तीको शुभकामना दिँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँको सन्देशमा उल्लेख छ, “शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास मैले लिएको छु ।” उहाँले सन्देशमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वभरिका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

 

उभौली पर्वको शुभकामना

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले सबै समुदायका नेपालीबिच सामाजिक र सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उभौली पर्वको शुभकामना दिँदै उहाँले सो कामना गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले यस प्रकारको सांस्कृतिक पर्वले मुलुकको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबिच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । किराँत समुदायको बाहुल्य भएको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायले यो पर्वलाई भव्य रूपमा मनाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group