ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   ११ : ५७   बजे

काठमाडौं १० जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । उहाँले आजकै दिन स्वाँया पुन्हिः, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिनुभएको छ ।

भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्व रहेको उहाँको भनाइ छ । “गौतमबुद्धले ३६ वर्ष उमेरमा दिनुभएको पञ्चशीलका उपदेशहरु स् चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु–अजम्बरी मात्रै छैनन्, आज पनि उत्तिकै समय सान्दर्भिक छन् । यी उपदेशहरुलाई हामी सबैले अनुशरण, अनुकरण र आत्मसात गर्दै आ–आफ्नो जीवन पथमा अग्रसर हुन अति आवश्यक छ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरुमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उहाँको भनाइ छ । “सिङ्गो मानव जातिका लागि गौतमबुद्धका वाणी, त्याग, तपस्या र सङ्घर्ष सर्व–धर्म र सर्व–सम्प्रदायमा मूलसूत्रका रुपमा व्याप्त छन् । सत्ता र वैभव समस्या समाधानका लागि पूर्ण हुने धेरैको भ्रमलाई चिर्न भगवान बुद्ध सफल हुनुभएको एउटा सत्य र यथार्थ पनि हो”, सन्देशमा भनिएको छ ।

बुद्ध जयन्तीका अवसरमा बुद्धसँग सम्बन्धित पवित्रस्थलमा दीप प्रज्जवलित गर्ने, रङ्गीन पताकाहरुले झकिझकाउ बनाउने र बुद्धको शिक्षामा आधारित जीवन जिउने सङ्कल्प लिने परम्परा रहिआएको छ । यसले मौलिक सांस्कृतिक पक्ष र जीवन सूत्रको महत्वलाई दर्शाउँदछ ।

गौतम बुद्धको जन्म सिद्धार्थ गौतमका रुपमा झण्डै ५६३ इसा पूर्व नेपालको लुम्बिनीमा हुनुले नेपालको संस्कृतिमा बौद्ध धर्मको अतूलनीय योगदान हाम्रा लागि मौलिक तथा ऐतिहासिक पक्ष भएको उहाँले बताउनुभयो । “अहिंसाको अवधारणा बौद्ध धर्मको प्रमुख योगदान त हुँदै हो, नेपालको कला एवं वास्तुकलामा बौद्ध धर्मको उल्लेख्य योगदान पनि उत्तिकै छ”, उहाँले भन्नुभयो ।

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरुले मात्रै होइन हिन्दू धर्मावलम्बीहरुले पनि उत्तिकै श्रद्धाका साथ मनाउने गर्छन् । यो भनेको हाम्रोजस्तो बहुधार्मिक मुलुकमा परस्परा धार्मिक घुलनशीलता र सहिष्णुताको विशिष्ट उदाहरण हो । यसबाट कुनै पनि धर्मले अन्य धर्मप्रति सदाचार, सद्भाव र समभाव कायम राख्ने पवित्र सन्देश प्रवाह गरेको हुन्छ ।

“यो हामी सबैका लागि अत्यन्तै मननीय छ । बुद्ध पूर्णिमा ९बुद्ध जयन्ती० पर्व गौतम बुद्धका आदर्शहरु तथा धर्मको मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्दछ । यो पर्व सबैलाई शान्तिको सन्देश पनि दिन्छ । यस पर्वका अवसरमा बौद्ध धर्मका अनुयायीहरुले भगवान् बुद्धका पवित्र तथा धार्मिकस्थलमा गई मौलिक परम्पराअनुसार पूजापाठ गर्नु, बोधीवृक्षमा पूजा गर्नु, दियो बाल्नु, दूध र इत्र मिश्रित पवित्र जल चढाउनु, सरसौँको तेल हालेको दियो पीपलको बोट मुनि बाल्नेजस्ता अनुष्ठान यो धर्मको अर्को मौलिक संस्कृति र पहिचान हो”, शुभकामना सन्देशमा भनिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group