ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ : प्रमुख साह


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   १२ : ००   बजे

काठमाडौं १० जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु महाबिहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख साहले काठमाडौँ उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो शैलीमा सम्पदाहरूको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताउनुभयो । उहाँले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने जानकारी दिनुभयो । उहाँले महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

‘‘महाबिहार बनाउँदा वडाध्यक्षहरूलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की भन्ने जस्तो लाग्दो रहेछ । म सधैँ भन्छु, एकै पटक सबै माग्नुस् । एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो ।,’’ प्रमुख साहले भन्नुभयो, ‘‘सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ । हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो । हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ । जीवनशैली पनि बढ्छ । सबैको इज्जत पनि बढ्छ । त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’’

प्रमुख साहले सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरूसँग आग्रह गर्नुभयो । महानगरपालिकाले सम्पदा पुनर्निर्माणका लागि एकै पटक सबै बजेट माग्दा दिँदैन की भन्ने आशङ्का नगरी एकैपटक बजेट मागेर सबै पुनर्निर्माणका कामहरू एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu