ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाउडीमा जिप दुर्घटना : सात घाइते, उद्धारमा समस्या


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   १ : ५५   बजे

काठमाडौं १० जेठ । कालीकोट जिल्लाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को हाउडी खोलामा दुर्घटना भएको हो । घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेका छन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री, अन्दाजी ४० वर्षीया महिला र चालक दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका २५र२६ वर्षीय दीपेन्द्र चौलागाईँ हुनुहुन्छ ।

दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर रहेको वडा नं। ६ का पूर्व वडा अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो । उहाँले घाइतेहरूको एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र हेलिकोप्टरको पर्खाइमा रहेको बताउनुभयो ।

एमाले नेता समेत रहनुभएका पूर्व अध्यक्ष खत्रीले जिल्ला प्रशासनसँग कुरा भए नि हेलिकोप्टर आउन ढिलाइ भएको बताउनुभयो ।

उता जिल्ला प्रहरी कार्यालय कालीकोटले घटनास्थलमा आफ्नो टोली भर्खर पुगेर घाइतेको उद्धारमा लागेकाले घटनाको विवरण लिन नपाएको जानकारी दिएको छ । प्रहरीले आफूहरू घाइतेको उद्धारमा रहेको र जिल्लाको टोलीले घटना विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

उद्धारमा कठिनाइ

दुर्घटना परेका घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सुत्केरीको उद्धार जस्तो सजिलो नभएकाले हेलिकोप्टर आउने कुरा निश्चित नभएको बताउनुभयो । स्थानीय तहले आर्थिक दायित्व लिने पत्र नपठाएकाले पनि समस्या भएको छ ।

नेपाली सेनाले स्थानीय तहलाई विश्वास नगर्ने र गृहमन्त्रालयले सुत्केरी उद्धार जस्तो छिटो उद्धारको प्रक्रिया नहुने हुँदा पनि घाइतेहरूले उपचार नपाएर मर्ने खतरा बढिरहेको छ । आज बिदा भएकाले कसैसँग सम्पर्क गर्न पनि कठिन भएको प्रजिअ नेपालीले बताउनुभयो । यातायात समितिले रातो नम्बर भएका गाडीलाई दिनमा चल्न नदिने भएकाले राती आउनु परेकाले चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu