ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   ५ : ११   बजे

काठमाडौं १० जेठ । प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताउनुभएको छ ।

संस्थानको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ संस्थानको स्थापना गरिएको उल्लेख गर्नुभयो । प्रधानसेनापति शर्माले संस्थानले विद्यमान कानुनको परिधिभित्र रहेर दक्ष एवम् उत्कृष्ट व्यावसायिक चिकित्सक र चिकित्सा क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो ।

उहाँले चिकित्सा शिक्षा र जनशक्तिको राष्ट्रिय आवश्यकता पूरा गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले आफ्नो गरिमा र गुणस्तर कायम राख्नुपर्ने बताउनुभयो । संस्थानले पछिल्लो युगमा विकास भएका प्रविधिसँगै गुणस्तर कायम गर्दै सहकार्य गर्न सकोस् भनी उहाँले कामना गर्नुभयो । प्रधानसेनापति शर्माले संस्थानलाई बजेट तथा जनशक्तिको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थापनाकालदेखि नै चिकित्सक उत्पादन गर्ने अग्रणी संस्थाका रुपमा संस्थानलाई विकास गर्न परोक्ष र प्रत्यक्षरुपमा संलग्न सैनिक कमाण्डर र प्राध्यापकले दिनुभएको योगादनको प्रधानसेनापति शर्माले उच्च कदर गर्नुभयो । चिकित्सा क्षेत्रमा विकास भएका नवीनतम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “नेपाली सेनाले सानै भए पनि १३ मुलुकमा शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकलाई नेपालमा रहेका विशेषज्ञ चिकित्सकले उपचार र सुझाव दिन ‘युएन कन्फरेन्स’ कक्षको स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “यो संयुक्त राष्ट्रसङ्घका अनुसार दक्षिण एसियामा नै पहिलो हो, यसका लागि संस्थानले पुर्याएको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।”

अबको विश्व प्राविधिकरुपमा युक्त हुँदै गइरहेको उल्लेख गर्दै प्रधानसेनापति शर्माले चिकित्सा क्षेत्रमा विकास भइरहेका प्रविधिको समुचित प्रयोग गर्न आग्रह गर्नुभयो । कृत्रिम बौद्धिकता ९एआई०, रोबोटिक्स तथा टेलिमेडिसिनको प्रयोगबाट चिकित्सा क्षेत्रमा ठूलो सफलता मिलेको उल्लेख गर्दै उहाँले चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले प्रविधिको प्रयोगमा आफूलाई अब्बल बनाउनु आवश्यक भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले छोटो अवधिमा संस्थानले चिकित्सा क्षेत्रमा धेरै प्रगति गरी ठूलो गरिमा हासिल गरेको बताउनुभयो । उहाँले सैनिक तथा गैरसैनिक परिवारका सन्ततिलाई छात्रवृत्तिमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न संस्थानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । संस्थानका कार्यकारी निर्देशक देवेन्द्रबहादुर खत्रीले सैनिक कल्याणकारी योजनाअन्तर्गत सञ्चालित संस्थानले चिकित्सा जनशक्ति उत्पादन गर्न विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

उहाँले हाल विभिन्न तहमा एक हजार एक सय ९० विद्यार्थी विभिन्न विधामा अध्ययनरत रहेका जानकारी दिनुभयो । कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न विधामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई मेडल र पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा चिकित्सा क्षेत्र अध्ययनरत विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमका साथै जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group