ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलको चेतावनी


एबीसी न्यूज
११ जेष्ठ २०८१, शुक्रबार   ८ : ५९   बजे

काठमाडौ ११ जेठ । प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलले चेतावनी दिएको छ । इजरायलको विदेश मन्त्रालयले हिजो आयरल्यान्ड, नर्वे र स्पेनसँग इजरायलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने बताएको हो ।यी देशले आउने हप्तादेखि प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरका थिए ।

प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने हो भने प्यालेस्टिनी विद्रोहीले गाजामा राखेका बन्धकहरूको रिहाईका लागि सम्झौता अघि बढाउन थप कठिन हुने इजरायलले प्रतिक्रिया दिएको छ ।यसअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा युद्ध अपराधलाई लिएर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्रीसहित हमासका नेताका लागि पक्राउ पुर्जी माग गर्ने बताएको केही दिनपछि ३ वटा देशले प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा गरेको हो ।

प्यालेस्टिनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै देशको भ्रमण गर्नुभएका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदमले मध्यपूर्व द्वन्द्वका लागि दुई–राज्य समाधानलाई पुनर्जीवित गर्ने प्रयासलाई बलियो बनाउने बताउनुभयो । इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया दिँदै तीन वटै देशबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu