ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन फेरि बस्यो कार्यदलको बैठक


एबीसी न्यूज
११ जेष्ठ २०८१, शुक्रबार   ११ : ३२   बजे

काठमाडौं ११ जेठ । सहकारीको रकम अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश टीओआर मा सहमति जुटाउन आज ९शुक्रबार० पनि कार्यदलको बैठक बसिरहेको छ।

कार्यदल सदस्य रहेका नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य जीवन परियारले बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान १० बजे सुरु भएको जानकारी दिए।

यसअघि बिहान ८स्३० बजे नै सुरु गर्ने भनिए पनि बैठक ढिलागरी सुरु गरिएको हो।

 

यसअघि बिहीबार दिउँसो त्यहीँ बसेको कार्यदलको बैठकमा सहमति हुन नसकेपछि फेरि आज छलफल भइरहेको हो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको दाबी गर्दै स‌ंसदीय छानबिन समितिको कार्यादेशमा उनको नामै उल्लेख गरिनुपर्ने अडान राखिरहेको छ भने सत्ता पक्षले कसैको नाम किटान गर्न नहुने जिकिर गरिरहेको छ।

आज पनि कार्यदलको बैठकअघि सांसद नेपालीले भने, ‘मुख्य कुरा रवि लामिछाने संलग्न जुन संस्था हो नि१ त्यससँग केन्द्रीकृत भएर गर्नुपर्छ। लामिछाने जोडिएकै सहकारीको रकम अपचलन भयो भनेर हामीले संसदीय छानबिन समितिको माग गरेका हौँ।’

संसदीय छानबिन समिति गठन गर्नेमा बल्ल बल्ल सहमति गरेका दलहरूबीच यसको कार्यादेशमा कुरा नमिल्दा कांग्रेसले संसद्‌मा अवरोध जारी राखेको छ।

आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची राखेर प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। तर त्यसअघि बस्ने कार्यदलको बैठक सहमतिमा नपुगे आज पनि संसद् चल्ने सम्भावना कम देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group