काठमाडौं ११ जेठ । सहकारीको रकम अपचनबारे छानबिन गर्न बनाइने संसदीय समितिको समितिको टीओआर ९कार्यादेश० बनाउन बनेको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन भएको छ।
शुक्रबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस थप लचक भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
‘आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔँ भन्ने ढंगको प्रस्ताव आएको छ,’ बर्तौलाले भने, ‘रवि माननीयज्यू जोडिएको सहकारीको कुरा के हो भन्ने छानबिन गर्नका लागि नयाँ प्रस्ताव आएको छछ। यस्तै परे उता सदन चल्दैगर्दा हामी यता छलफलमा बस्न सक्छौँ।’
बर्तौलाले सहमितका लागि अन्य अभ्यास अघि बढाइएको पनि बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसद् अवरोध गर्दै आएको छ।
संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि टीओआर ९कार्यादेश० मा सहमति नजुट्दा कांग्रेसले अवरोध कायमै राखेको छ।
प्रतिक्रिया दिनुहोस्