ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन समिति बनाउँदा रवि लामिछानेको नाम लेख्नैपर्छ-कांग्रेस


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ११ : ४५   बजे

काठमाडौं १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नैपर्ने आफ्नो अडान यथवात् रहेको बताएको छ।

आज बिहान भएको कांग्रेस नेताहरूको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम नै उल्लेख गरेर छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको कार्यदल सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

‘नेपाली कांग्रेस पार्टीले रवि लामिछानेको नामै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान राख्दै आएको हो। तर हामीले उहाँहरूलाई के मात्रै ठाउँ दिएका हौँ भने यदि रवि लामिछानेको नाम नराख्ने हो भने कस्तो किसिमको प्रस्ताव गर्नुहुन्छ त सरकार पक्षले भनेर हामी पर्खिरहेको अवस्था हो’, आन्तरिक छलफलपछि सांसद परियारले सञ्चारकर्मीसँग भने, ‘यसमा चैँ उहाँहरू ठीक ठाउँमा हुनुहुन्न। अहिले सत्तामा रहेका दलहरू जुन छानबिन गर्ने ठाउँमा उहाँहरू आइपुग्नु भएको छैन। त्यसकारण हामी मानिरहेका छैनौँ। त्यही भएर थप छलफल गरेर अगाडि बढ्नेमा छौँ। उहाँले विपक्षी दललाई नै आग्रह गर्ने कुरा त स्वाभाविकै थियो। उहाँको भनाइ कस्तो रहन्छ भने गोरखा मिडिया नेटवर्क प्रालिको अध्ययन गर्ने भइसकेपछि सबै कुरा भन्न नपर्ला कि भन्ने आशय उहाँहरूको छ। तर हामीले त्यसलाई स्वीकार गरेका छैनौँ। गोरखा मिडिया नेटवर्क मात्रै नाम लिएर त पुग्दैन होला। त्यहाँ संलग्नहरू को को हुन् तिनको पनि नाम उल्लेख नगरीकन छानबिन अगाडि बढ्न सक्दैन भन्ने हाम्रो अडान यथावतै छ।’

 

सम्भवतः आज साँझ नभए भोलि बिहानसम्म शीर्ष नेताहरू बसेर छलफल बाँकी छलफल गरिने उनले बताए।

यसअघि कार्यदलमा गृहमन्त्री लामिछानेको नाम नलेख्ने उनी संलग्न सहकारी र कम्पनीमा मात्र उल्लेख गर्नेमा सहमति भएको चर्चा भएको थियो। तर फेरि आज सांसद परियारले आफूहरू सहमत नभएको जिकिर गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group