ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन दुर्घटना: १ किशोरको मृत्यु, ५ जनाको अवस्था गम्भीर (घाइतेको नामसहित)


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ८ : ३७   बजे

चितवन,  १४ जेठ  । गएराति चितवनमा भएको सवारी दुर्घटनामा घाइते भएका सबैको पहिचान भएको छ। राति साढे १२ बजे भरतपुर महानगरपालिका(२९मा पर्ने नारायणगढ मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार मृतक किशोर करिब १७ वर्षका छन्।

‘अहिलेसम्म उनको पहिचान हुन सकेको छैन,’ रिजालले  भने, ‘घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। १३ जना घाइते मध्यम अवस्थाका छन्। तीन जनाको अवस्था सामान्य छ।’

डीएसपी रिजालका अनुसार काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस मध्यराति साढे १२ बजे आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा चारवटै सवारी साधनका चालक सहित २२ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका किशोरको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाको खबर पाएपछि जिप्रका चितवनबाट एसपी श्रीराम भण्डारीसहित २५ जनाको टोली घटनास्थलमा पुगेको थियो।

‘दुर्घटनापछि दुबैतर्फको सडक अवरुद्ध भएको थियो,’ डीएसपी रिजालले भने, ‘सोमबार बिहान पौने पाँच बजे दुर्घटनामा परेका सबै सवारी साधन सडकबाट हटाएपछि सडकमा सवारी साधन गुड्न थालेका छन्।’ प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेका घाइते

१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने बर्ष २८ को सुधन के.सी.। अवस्था मध्यम।

२. जि.प्युठान प्युठान न.पा.१० बस्ने बर्ष ३६ को निरज के.सी.। अवस्था मध्यम ।

३. जि.प्युठान  मलारानी गा.पा २ बस्ने बर्ष ३६ की निर्मला भुषाल, अवस्था गम्भीर।

४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने बर्ष २५ को सुरज सुनार। अवस्था मध्यम (उनी प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको)

५. जि.अर्घखांची सितगंगा न.पा.८ बस्ने वर्ष २९ की पबित्रा दर्लामी, अवस्था सामान्य।

६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने वर्ष २८ को पुरन गिरी, अवस्था मध्यम।

७ जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २० को समिर केएम, अवस्था मध्यम।

८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३६ को  तारापती बुढाथोकी, अवस्था मध्यम।

९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३५ की मुनादेवी बुढाथोकी, अवस्था मध्यम।

१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने वर्ष ५६ की मनदेवी थापा, अवस्था गम्भीर।

११. जि.प्युठान बस्ने वर्ष ६० को पदम थापा, अवस्था सामान्य।

१२. जि.प्युठान प्युठान न.पा १०  बस्ने वर्ष २१ को  सुशिल के.सी., अवस्था मध्यम।

१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने वर्ष वर्ष १७ की प्रतिभा भण्डारी, अवस्था मध्यम।

१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष १८ की सलिसा थापा, अवस्था मध्यम।

१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने वर्ष ३८ को प्रकास के.सी., अवस्था मध्यम।

१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष ५३ की पार्वता के.सी, अवस्था मध्यम।

१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने वर्ष ३२ को गौरव झाक्री, अवस्था गम्भीर।

१८. जि.प्युठान गौमुखि गा.पा ३ बस्ने वर्ष २९ को दिपक सुनार, अवस्था सामान्य।

१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ वस्ने बर्ष ४९  लाम बहादुर दर्लामी, अवस्था मध्यम।

२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २५ को सन्तोष के.सी., अवस्था गम्भीर।

२१. ट्रक सह-चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने वर्ष २१ को राजन सुबेदी, अवस्था गम्भीर।

२२.मृतक हाल नामथर वतन नखुलेको वर्ष अन्दाजी १६/१७ को किशाेर।

२३.ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने  वर्ष २६ को सुवास कार्की, अपस्था सामान्य। उपचारपछि प्रहरी नियन्त्रणमा।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group