ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्ति बाल अस्पतालमा २ वर्षमा पनि शल्यक्रियाको पालो आउँदैन


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ११ : ४७   बजे

काठमाडौं १४ जेठ । सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीले चाहेका बेला मिति पाउनु दुर्लभजस्तै छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१ औं वार्षिक प्रतिवेदनमा पनि सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुनुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।

बिरामीको चाप उच्च रहेको मुलुकको प्रमुख अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि १ हप्तादेखि रोगको प्रकृति बमोजिम १ वर्षसम्म उपचारका लागि कुर्नुपर्ने अवस्था छ ।

यस्तै देशको एक मात्र कान्ति बाल अस्पतालमा जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था रहेको उल्लेख छ । ‘कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ,’ महालेखाको प्रतिवेदनमा छ ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि रोगको प्रकृतिअनुसार ४ देखि १२ हप्तासम्म, हेमोडायलाइसिसका लागि ४(५ महिना, इन्डोस्कोपीका लागि एक हप्तासम्म प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा आंैंल्याइएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्न ४५ दिनसम्म प्रतीक्षा गर्नुपर्ने, क्यान्सर रोगका लागि अति आवश्यक पेट स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिका रोगको उपचार पाउन नसकेको उल्लेख छ ।

यसैगरी, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिसका लागि करिब ७०० बिरामी प्रतीक्षारत रहेको र बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो पर्खिनुपर्ने अवस्था रहेको प्रतिवेदनमा छ । अस्पतालहरुले बिरामीलाई सर्वसुलभ तथा छिटो सेवा प्रदान दिन महालेखाले औंल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group