ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज नाकाबाट बढ्याे तस्करी


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   १२ : ०८   बजे

काठमाडौं १४ जेठ । यहाँस्थित नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी नै छ ।

नाका छलेर भन्सार राजस्व नतिरी नेपालगन्ज पुर्‍याइएका लाखौं मूल्यका अवैध सामानहरु प्रहरीले दैनिकजसो बरामद गरिरहेको छ । पछिल्लो एकसातामा मात्र प्रहरीले ४० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिन सफल भएको छ, त्यो पनि नाकाबाट भित्रिएर अवैध सामानलाई तस्करहरुले नेपालगन्जमा प्रवेश गराइसकेपछि मात्र प्रहरीले १६ लाख रुपियाँको विभिन्न अवैध सामान र २३ लाख रुपियाँको भारतबाट भन्सार छली गरेर ल्याइएको मोबाइल डिस्प्ले बरामद गरेको जनाएको छ । यसैगरी चोरी लुकी भारतबाट ल्याइएका ७७ थान मोबाइल पनि एक पसलबाट बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज–२ सेतुबिक चोकबाट भन्सार छली गरेर ल्याइएको २३ लाख रुपियाँको ९२३ पिस स्मार्ट मोबाइल डिस्प्ले बरामद गरेको हो ।

बरामद गरिएको ती मोबाइल डिस्प्लेहरु २३ लाख ७ हजार ५०० रुपियाँ बराबरको रहेको जनाउँदै डिएसपी डाँगीले बरामद मोबाइल डिस्प्लेलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताउनुभयो ।

यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख भन्दा बढीको लत्ताकपडा र डेढ क्विन्टल बोइलर कुखुराको मासु पनि बरामद गरेको जनाएको छ ।

भन्सार राजस्व छलेर अवैध रुपले नेपालगन्ज ल्याइएको २७ पिस कुर्ता सुरुवाल नेपालगन्ज–१ धम्बोझीबाट बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो । त्यसैगरी दुई जना नागरिकसहित १ क्विन्टल ४० किलो बोइलर कुखुराको मासु पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले अवैध कुखुराको मासुसहित भारतस्थित बहराइच बस्ने मोहम्मद इसाहक र नेपालगन्ज–८ का समीर कुरेशीलाई पक्राउ गरेको डिएसपी डाँगीले बताउनुभयो ।

सोही प्रकारले एकदिन अगाडि मात्रै नेपालगन्ज १४ चौलिकामा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ५ लाख ४९ हजार रुपियाँको लत्ताकपडा, मोबाइल डाटा केबल, चस्मालगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो भने नेपालगन्ज।१ धम्बोझीमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको आठ लाख ६१ हजार बढीको लेडिज कुर्ता सुरवाल, इलेक्ट्रिक सेन्सर, चुइङ्गम, बेल्टको कडीलगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group