ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले लिखित माफी नमागे सम्बन्ध राम्रो हुँदैन-एमाले


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   १ : १०   बजे

काठमाडौं १४ जेठ । सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएका आरोपबारे लिखित क्षमा र सार्वजनिक माफी माग्नुपर्ने बताएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि एमालेले ती आरोपबारे कांग्रेसले माफी नमागे सम्बन्ध राम्रो नहुने चेतावनी दिएको छ।

‘कांग्रेसले जेजस्ता आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखित रुपमा क्षमा र सार्वजनिक रुपमा माफी माग्नुपर्छ। अन्यथा, नेपाली कांग्रेससँगको सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन। नेकपा एमाले यस्ता अरोप सुनेर बसिरहन सक्दैन,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने।

 

पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कांग्रेसले गिरिबन्धु टी,स्टेटसँग जोडेर विभिन्न प्रतिक्रिया दिँदै आएको छ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रम र अभिव्यक्तिले संकेत गरिरहेका छन्। विशेषगरी असान्दर्भिक, अनुचित, आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै राष्ट्रिय राजनीतिलाई बिथोल्ने काममा लागेको छ,’ उनले भने।

साथै, उनले प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना कांग्रेसले घोषणा गरिरहेको बताए।

‘पछिल्ला दिनमा नेकपा एमाले र विशेषगरी पार्टी अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना घोषणा गरिरहेका छन्। सबैभन्दा पहिला कांग्रेसलाई यस्ता लान्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु,’ उनले भने।

यदि नेपाली कांग्रेस यस्ता अभिव्यक्तिबाट पछि हट्दैन भने नेकपा एमाले त्यस्ता अभिव्यक्तिविरुद्ध प्रतिवादमा उत्रने उनले चेतावनी दिए।

उनले संसद् खोल्ने कुरामा सहमतिमा नगई राजनीतिक परिस्थिति बिथोल्नेगरी कांग्रेस लागेको आरोप लगाए।

‘जहाँसम्म उठेको विषय छ, त्यस विषयमा सवांदका माध्यमबाट सहमतिमा पुगौँ भन्ने हाम्रो कोसिस छ। कांग्रेस त्यो कोसिस बिथोल्ने काममा उद्दत भइरहेको छ। अहिलेसम्म हामी कुनै निष्कर्षमा पुग्न सकेका छैनौँ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu