ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् जोखिम उद्धारसम्बन्धी कानुनको कार्यान्वयनमा समस्या छ- प्रहरी महानिरीक्षक कुँवर


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ४ : ३१   बजे

काठमाडौं १४ जेठ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भएपनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन्।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरूसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले जोखिम उद्धार सम्बन्धि कानूनहरु कागजमा राम्रो भएपनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताए।

‘विपद् जोखिम उद्धारको लागि कागजमा राम्रो छौं तर त्यसलाई व्यवहारमा लागू गर्न समस्या छन्। पहिलो पङ्तिमा नेपाल प्रहरी भएकाले विपद् आउँदा त्यसलाई समन्वय र सहजिकरण गर्ने काम ग्रहरीले गर्छ। मनसुनको बेला आउँछ समस्या आउँछन्,’ उनले भने, ‘विगतमा जोखिम आउँदा प्रहरीका ड्राइभर नै बसेर रातभरी काम गरेका थियौँ। प्रहरी परिचालनको हकमा १२५ जनाको विपद् व्यवस्थापन महाशाखा छ। आवश्यकताअनुसार त्यसलाई पनि परिचालन गर्ने गरेका छौं।’

 

विपद् आउँदा समन्वय र सहजीकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताउँदै उनले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको पनि बताए।

प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई जोखिम उद्धार परिचालन गर्ने गरिएको उनले जानकारी गराए।

‘प्रदेश स्तरमा १२५ जनाको जोखिम उद्धार टोली छ त्यसलाई पनि परिचालन गर्नसक्छौँ। जिल्ला स्तरमा २५ जनाको युनिट छ। तर त्यहाँ विपत उद्धार विज्ञता भएका स्पटिज छैन। विपद्को सूचना र तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरु मात्रै छन्। त्यसलाई प्रयोग गरेको अवस्था छ,’ कुँवरले अघि थपे, ‘सुरक्षा फौज बाहेक तत्काल विपद्मा खट्ने बाहेक अरु सहयोगका अवस्था छैन। धेरै पटक अन्य सहयोग जुटाउन खोज्दा पनि सहयोग प्राप्त भएको छैन। जोखिम क्षेत्र थाहा भएपनि सूचना दिएर व्यवस्थापन गर्न सकिएको छैन। त्यो कुरा गर्न सकियो भने समस्या छैन । हामी सहजिकरण,समन्वय र तत्काल उद्धार गर्ने हकमा काम गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group