ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेलाई विश्वप्रकाशको जवाफ- कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नु पर्दैन ?


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ४ : ५२   बजे

काठमाडौं १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गरेका छन् ।

सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमाले नेताहरुले कांग्रेस नेताहरु खासगरी महामन्त्री शर्माको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अनावश्यक आरोप लगाएको भन्दै एमाले नेताहरुले कांग्रेसले लिखित र सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका थिए ।

कांग्रेस महामन्त्री शर्माको जवाफ छ, ‘कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नुनपर्ने, कांग्रेसले प्रतिवाद गर्दा माफी माग्नुपर्ने रु नेपाल हो यो, उत्तर कोरिया होइन ।’

गिरिबन्धु टि इस्टेटको २४३ विघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा त्यो निर्णयलाई नीतिगत भ्रष्टाचार भनिएको छ । यो सार्वजनिक भएपछि फैसलामाथि नै प्रश्न उठाउने क्रममा ओलीले १४ जेठको संसदीय दलको बैठकमा कांग्रेसमाथि कमिसन खाएर ७० विघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको आरोप लगाए ।

जबकी ओली भनेको ५१ बिघा जग्गा हस्तान्तरणको निर्णय गर्दा मनमोहन अधिकारी र १९ विघाबारे निर्णय गर्दा सूर्यबहादुर थापा नेतृत्वको सरकार रहेको खुलेको छ ।

त्यसपछि कांग्रेस नेताहरुले ओलीको भनाइको प्रतिवाद गरे । पछिल्लो पटक महामन्त्री शर्मा आक्रामक सुनिएका छन् । उनले सहकारी प्रकरणमा एमाले नबोलेको र गिरीबन्धुमा रास्वपा मौन बसेको भन्दै सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका छन् ।

प्रमुख तीन दलको शनिबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले अनावश्यक लाञ्छना लगाएको भन्दै आपत्ति जनाएका थिए । आइतबार कांग्रेसले गरेको प्रदर्शनमा महामन्त्री शर्माले यो मुद्दामा थप चर्कोसँग उठाए ।

त्यसलाई लिएर सोमबार तीन दलको बैठकमा एमाले नेताहरुले कांग्रेसले माफी माग्नुपर्ने बताएका हुन् । बालुवाटारमा बसेको तीन दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘सहकारी प्रकरणमा आन्दोलन गर्ने, अनि एमाले र एमालेका अध्यक्षविरुद्ध बोल्ने रु कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्छ, सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’

कांग्रेस महामन्त्री शर्माले भने ओली स्वयंले पहिले कांग्रेसलाई आरोपित गरेको नबिर्सन आग्रह गरे । ‘गिरिबन्धुमा अदालत बोलेपछि केही बोलेकै थिएनौं, ओलीले फायर खोल्नुभयो र भन्नुभयो– कांग्रेसले बेचेर कमिसन खायो’, उनले भने, ‘ओलीको आरोप तथ्यहीन थियो, उहाँले त्यो फिर्ता लिनुभएको हो ?

ओलीले तथ्यहीन आरोप लगाएपछि तथ्य राखेर प्रतिवाद मात्र गरेको महामन्त्री शर्माले बताए । ‘सँँगै मिलेर संविधान बनाएका हौं, गलत भएपनि आरोप लगाउन, गाली गर्न उहाँलाई संविधानतः छुट, अनि प्रतिवाद गर्न कांग्रेसलाई बन्देज रु’ उनले प्रश्न गरे ।

सहकारी प्रकरणमा किन जोडेको भनेर एमालेले भनेको छ नि भन्ने प्रश्नमा कांग्रेस महामन्त्री शर्माले एमालेले सहकारी प्रकरणमा मौन बसेर गिरिबन्धुमा गृहमन्त्री र उनको दलको साथ खोजेको हो भनेर प्रश्न मात्र गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu