ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुनजन्य विपद्‌मा राहत र उद्धारका लागि टास्क फोर्स बन्छ- गृहमन्त्री रवि लामिछाने


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ४ : ५९   बजे

काठमाडौं १४ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन्।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले वर्षायाम सु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताए।

उनले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिए।

 

‘मनसुन सुरु भएकाले प्राकृतिक विपद्‌मा जनतालाई राहत र उद्धारको लागि सबै निकायहरुको प्रतिनिधित्व हुनेगरी जेठ १९ देखि असोज १९ गतेसम्मको लागि गृह मन्त्रालयको नेतृत्वमा ट्याक्स फोर्स बनाउँछौं। त्यो टिमले सम्पूर्ण अधिकार पाउँछ। ट्याक्स फोर्सको कार्ययोजना र कार्यविधि बनाएर कामको थालनी गर्नुहोला। एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ। अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ। त्यसको लागि मैले मन्त्रीपरिषद् वा कसरी काम गर्नुपर्छ तत्काल दिनुुस्। तीन दिनभित्र सबै निकायहरुसँगको समन्वयमा ट्याक्स र्फोस बनाउनु होला,’ लामिछानेले भने।

उनले मनसुन सुरु भएकाले प्राकृतिक विपद्‌मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताए।

उनले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिए। अफ्ठ्यारो परेको अवस्थामा कानुनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिए।

उनले विपद्‌मा उद्धार र राहतका लागि अफ्ठ्यारा अवस्थाहरुलाई मन्त्रिपरिषद्ले गर्नुपर्ने कुनै काम र कानून भए तत्काल दिन आग्रह गरे।

उनले विपद्‌मा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि नै तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए।
उनले बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिए।

‘समितिमा सडक विभाग, हेलिकप्टर एशोसिएशनका प्रतिनिधि,मौसम पूर्वअनुमान,जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी बनाउनुस्। विपतमा सरकारले निर्णय गर्न नसक्दा कुनैपनि नागरिकको ज्यान जानु भएन। त्यो निर्णय कहाँबाट गर्न सकिन्छ तीन दिनभित्रमा कार्ययोजना बनाएर मलाई दिनुस्। विपतमा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि तयारी गरौँ।

बेलीब्रिज कति रहेका छन्। १८ वटा भनिएको छ। त्यसको अधिकार पाएको क्षेत्र कुन हो। को मातहतमा कस्तो अवस्था छ तीन दिनभित्र सार्वजनिक गर्नुस्। एडिआरआरईले विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउनु प¥यो। त्यहाँका नागरिक बचाउन अहिलेदेखि तयार गर्नुपर्छ। बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्न टिम पाउने व्यवस्था गर्नुस्। अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group