ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेलाई विश्वप्रकाशको जवाफ– यो उत्तर कोरिया हैन, आरोपको प्रतिवाद गर्न पाइन्छ


एबीसी न्यूज
१४ जेष्ठ २०८१, सोमबार   ६ : १७   बजे

काठमाडौं १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी स्टेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौद्ररुप धारण गरेर प्रतिक्रिया दिएपछि आफ्नो पार्टीले त्यसको प्रतिवाद मात्रै गरेको बताएका छन्।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सँगै बसेर संविधान लेखेको स्मरणसमेत गरे।

एउटै संविधानमा ओलीलाई आरोप लगाउने छुट हुँदा आफूहरूलाई प्रतिवाद गर्ने छुट समेत रहेको बताए।  एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार बिहान बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टीका अध्यक्षप्रति कांग्रेसले लगाएको आरोपबारे लिखित माफी नमागेसम्म सम्बन्ध राम्रो नहुने चेतावनी दिएका थिए।

त्यसप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘यदि उहाँले भन्नुभएको रहेछ भने, मैले भन्ने यतिमात्रै हो। संविधान सँगै बसेर लेखेका हौँ। गलत आरोप लगाउने छुट उहाँलाई छ भने सहि प्रतिवाद गर्ने छुट पनि कांग्रेसलाई छ। यो उत्तर कोरिया होइन, यो नेपाल हो।’

बालुवाटार बैठकपछि एमालेको चेतावनी– कांग्रेसले लिखित माफी नमागे सम्बन्ध राम्रो हुँदैन  सर्वोच्च अदालतले गिरिबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेपछि ओलीले नै पहिलो पटक आक्रामक प्रतिक्रिया दिएको उनको भनाइ थियो।

‘पहिलो प्रतिक्रिया, आक्रमक प्रतिक्रिया, रौद्ररुप धारण गरेर आएको प्रतिक्रिया त सम्माननीय पूर्वप्रधानमन्त्री कमरेड केपी ओलीको थियो,’ शर्माले भने, ‘नेपाली कांग्रेसले ५१ बिगा बेचेर कमिसन खायो भन्नुभयो। सँगै बसेर संविधान बनाएका हौँ नि, उहाँले आरोप लगाउन संविधानले छुटदिने, प्रतिवाद गर्न कांग्रेसले उहाँलाई सोध्नुपर्नेरु’

शर्माले ‘सहकारी बन्धु गठबन्धन’ भन्दै ओलीप्रति कटाक्ष गरेका थिए। यसबारे संकेत गर्दै एमाले उपाध्यक्ष पौडेलले लिखित माफी माग्नुपर्ने बताएका थिए।

‘कांग्रेस हुँदै नभएको कुरामा आरोपित गरेपछि मौन धारणम् भनेर हुँदैन। रौद्ररुप धारणम् उता हुँदैगर्दा मौनधारणम् यता अपेक्षा गर्नु गलत हो,’ पौडेलको जवाफमा शर्माले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu