ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुरमा बस दुर्घटना: आठ जना घाइते


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ११ : ३०   बजे

काठमाडौं १५ जेठ । रातभरि परेको पानीले पूर्व–पश्चिम राजमार्गसहित नवलपुरका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ । लगातार परेको पानीले पूर्व–पश्चिम राजमार्ग, कालिगण्डकी कोरिडोर तथा भित्री सडकहरू अवरुद्ध भएका र सञ्चालनका लागि पहल भइरहेका नवलपुर प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका थुम्सीस्थति पूर्व–पश्चिम राजमार्गको ओरालोमा सडक भासिएर अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । भासिएको सडकमा नवलपरासीबाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ८५१३ नं। को बसले अचानक ब्रेक लगाउने क्रममा बस भित्र रहेका यात्रुहरू हुत्तिएर बसभित्रै ठोक्किँदा ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ७ सहित ८ जना घाइते भएका हुन् । दुर्घटनामा सरावल २ बस्ने ४० वर्षीया कुन्तीदेवी चौधरी, सोही ठाउँका ७० वर्षीया चम्पा थारु, ५७ वर्षकी देवकी चौधरी, ७५ वर्षका कलेसी थारु, ६५ वर्षकी गर्भीदेवी थरुनी, ६७ वर्षका भेषनारायण थारु, ५६ वर्षकी कान्तिदेवी थरुनी र बर्दघाट नगरपालिका १२ की ४३ वर्षीया सन्जीदेवी थरुनी घाइते भएको नवलपुरका सूचना अधिकारी प्रहरी सहायक उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यस्तै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै नारायणघाट–बुटवल सडक खण्डमा बर्सातको कारण डाइभर्सनको माटो बगाएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ५ पाङग्रेस्थति दलदले डेढगाँउको भित्री सडक खण्डमा पहिरोले अवरुद्ध भएको बाटो खुलाउने प्रयास भइरहेको प्रहरी सहायक उपरीक्षक पौडेलले बताउनुभयो ।

मध्य बिन्दु नगरपालिका ७ र ८ जोड्ने गिरवारी खोलामा आएको बाढीले सोही खोलामा बन्दै गरेको पुलमा प्रयोग गरिँदै आएको २ वटा जेनेरेटर डुबाएको र काठ र प्लाइउड पनि बगाएको छ ।

गैँडाकोट नगरपालिका अन्तर्गत काली गण्डकी कोरिडोरको तरङ्गा खोलामा पहिरो जाँदा बाटो दुईतर्फी अवरोध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group