ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीको नीति, कार्यक्रमप्रति विपक्षी दलहरुको असन्तुष्टि


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ११ : ३८   बजे

काठमाडौं १५ जेठ । बागमती प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दलहरुले असन्तुष्टि जनाएका छन्।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेको १८६ बुँदाको नीति तथा कार्यक्रममा प्रदेश योजना बैंक स्थापनादेखि विद्युतीय सबारीलाई प्रोत्साहानसम्मका कार्यक्रम समेटिएका छन्।

त्यसैगरी नीति कार्यक्रममा खेलकुद क्षेत्रको भौतिक निर्माणलाई प्राथमिकतामा राखिएको छ। सत्तापक्षका सांसदले सरकारको नीति कार्यक्रमलाई ठिक भनिरहँदा प्रतिपक्षी दलहरु भने सन्तुष्ट देखिएका छैनन्।

 

बागमती प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रतिपक्षी दलका सांसदले असन्तुष्टिको भाव देखाएका थिए। तर, सरकार पक्षका सांसद भने उत्साहित देखिएका थिए।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनअपेक्षालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नभएको भन्दै प्रतिपक्षी दलहरुले असन्तुष्ट जनाएका हुन्।

प्रदेश सरकारले हरेक पर्ष ल्याउने नीति तथा कार्यक्रम एउटै खालको भएको नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० को दाबी छ।

‘नीति तथा कार्यक्रममा केही नयाँपन भेटिएलान् कि भनेर पूरै सुनेँ। तर केही नयाँपन भेटिएन,’ नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले भने, ‘सरकारले जनताको आँखामा छारो हाल्ने कार्यक्रम ल्याएको छ। नौलो ‘भिजन’ नै छैन। यसले जनताको मन छुन सक्दैन।’

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० पनि सरकारले ल्याएको यो नीति तथा कार्यक्रम चित्त बुझ्दो नभएको जनाएको छ। ‘नीति तथा कार्यक्रम सन्तुलित छैन,’ राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने, ‘आगामी बजेटको कार्यान्वयन पक्ष सार्है कमजोर हुने देखिएको छ। यो नीति तथा कार्यक्रमलाई अनुकुल हुनेगरी बजेट कस्तो आउला, त्यो हेर्न भने बाँकी छ।’

उनले नीति तथा कार्यक्रममा सबैलाई समेट्नुपर्नेमा त्यो हुन नसकेको आरोप लगए। ‘बजेट ल्याउँदा सत्तापक्ष हाबी हुने खतरा देखिन्छ। बागमतीमा विगतमा जे कार्यक्रम ल्याइएको थियो, त्यसलाई कार्यान्वयन गरेर गए मात्रै सरकारले ल्याएको कार्यक्रमले सार्थकता पाउँछ,’ उनले भने।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यो नीति तथा कार्यक्रम काम चलाउनका लागि मात्रै भएको दाबी गरेको छ। सरकारले ल्याएको कार्यक्रमबाट जनता उत्साहित नहुने कांग्रेसका नेताको तर्क छ।

‘यो नीति कार्यक्रमबाट मन्त्रीहरु मात्रै उत्साहित देखिएका छन्। यसले जनताको भवनालाई सम्बोधन गर्न सकेको छैन,’ कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने,
‘बागमती प्रदेशका जनता उत्साहित हुने खालको ठोस कार्यक्रम प्रदेश सरकारले ल्याएको पाइएन।’

उनले मन्त्रीहरु उत्साहित देखिनु तर जनतामा कुनै आशा जगाउनु नसक्नु सरकारको असफलता भएको तर्क उनको छ। ‘नीति तथा कार्यक्रम प्रस्तुत हुँदैगर्दा सत्तापक्षका सांसदले धेरै टेबल ठोक्नुभयो। तर भित्रभित्रै सरकार पक्षकै सांसदहरु पनि उदासिन देखिनुभयो। उहाँहरु उत्साहित भएजस्तो हामीलाई लागेन।’

उनले समग्रमा यो नीति तथा कार्यक्रम केही बिषयमा गम्भीर रहेको पनि तर्क गरे। ‘उद्योग स्थापनादेखि रोजगारीसम्मका बिषयलाई नीति कार्यक्रमले समेट्नु खुसीको कुरा हो। तर त्यो कार्यान्वयनमा जान्छ भन्ने मलाई लाग्दैन। किनभने त्यहाँ सिलिङ थोरै मात्रै छ।’

यता, आफूहरुले बनाएको नीति तथा कार्यक्रम प्रतिपक्षी दलहरुसँगको छलफलमै तयार भएको सरकार पक्षको दाबी छ। नीति कार्यक्रममा केही शब्द र वाक्य पूराना भएपनि कार्यक्रमहरु नागरिकमुखी भएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको दाबी छ।

‘विपक्षीको काम राम्रो नदेख्ने, नराम्रोलाई मात्रै केलाएर हेर्ने खालको छ,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘नीति तथा कार्यक्रम समग्र प्रदेशका नागरिकको पक्षमा ल्याएका छौँ।’

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उत्पादनमुखी बजेट ल्याउने तयारी गरिरहेको मन्त्रीहरले बताउने गरेका छन्। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा टेकेर ल्याइने बजेट आगामी असार १ गते सदनमा प्रस्तुत हुने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group