ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयन गर्न प्रजिअको ध्यानाकर्षण


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   १ : २४   बजे

काठमाडौं १५ जेठ । सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयनका लागि बाँकेका कानुन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आउनुभएका कानुन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी रिजालसँग भेटघाट गरि फैसला कार्यान्वयनमा जोड दिँदै प्रशासनको ध्यानाकर्षण गराउनु भएको हो ।

अधिवक्ता बसन्त गौतमले उच्च अदालतबाट निकै राम्रा राम्रा फैसला भएपनि कार्यान्वयमा समस्या भएकोले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ूनागरिकता लगायत शिक्षा, स्वास्थ्य, खाद्य, बातावरण लगायतका मानव अधिकारको संरक्षण र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न मुद्दामा हाम्रो गम्भीर चासो रहेको छ ।ू

बाँकेका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा फौजदारी न्याय, स्वच्छ सुनुवाइ, सार्वजनिक सरोकारका मुद्दामा भएका फैसलाको कार्यान्वयनका सवालमा छलफल भएको छलफलमा संलग्न अर्का अधिवक्ता बल बहादुर चन्दले बताउनुभयो ।

अधिवक्ता चन्दका अनुसार फौजदारी मुद्दाको स्वच्छ सुनुवाइका लागि इजलास कक्षको स्थापना गर्ने, जिल्ला प्रशासन कार्यालयमा पनि मुद्दाको सुनुवाइको व्यवस्था हुनुपर्ने कुरामा अधिकारकर्मीले सो अवसरमा जोड दिनुभएको छ । छलफलका क्रममा नागरिकताका विषयमा अदालतबाट भएका फैसला कार्यान्वयन नभएको विषयमा प्रमुख जिल्ला अधिकारीको विशेष ध्यानाकर्षण गराइएको अर्का अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार कानुन व्यवसायीसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले फैसला कार्यान्वय र इजलास स्थापनामा प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group