ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालको आकस्मिक कक्ष सार्न मन्त्रीको निर्देशन


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   २ : १८   बजे

काठमाडौं १५ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् ।

आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको सास्तीलाई सहजीकरण गर्न मन्त्री यादवले एक महिनाभित्र सार्ने निर्देशन दिएको न्याम्सका उपकुलपति डा। भुपेन्द्र बस्नेतले बताए ।

वीरको आकस्मिक कक्षमा ४५ बेड छन् । तर दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र गुणस्तरीय सेवा दिन अस्पतालका आकस्मिक कक्षको आफ्नै मापदण्ड हुन्छ । तर गुणस्तरीय सेवा दिन बनेका वीरको आकस्मिक कक्ष भने आफैंमा अस्तव्यस्त अवस्था छ ।

आकस्मिक कक्षमा बिरामी आइपुगेको ६ घण्टाभित्र भर्ना गरिसक्नुपर्ने र भर्ना गर्न नसकेकालाई अन्य अस्पतालमा उचित सूचना दिएर रेफर गर्नुपर्ने नियम छ । तर यस्तो प्रक्रिया भने अपनाउन नसकिएको अस्पतालका चिकित्सक बताउँछन् ।

यल्लो र ग्रीन क्षेत्रमा भएका ८० प्रतिशत बिरामीलाई वार्डमा भर्ना गर्न २४ घण्टाभन्दा बढी कुर्नुपर्ने अवस्था छ । तर बाँकीले तीन–चार दिनसम्म पनि भर्नाका लागि आकस्मिक कक्षमै कुर्नुपर्छ । आकस्मिक कक्षमा एउटा बेडमा तीन जनासम्म बस्नुपर्ने अवस्था छ ।

डा। बस्नेतले पुरानो भवनको आकस्मिक कक्ष निकै साँधुरो भएका कारण बिरामीले सहज रूपमा सेवा पाउन नसकेको बताए । बस्नेतले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यूले निरीक्षणको क्रममा सार्नका लागि निर्देशन दिनुभएको छ । भवन विभागका इन्जिनियरलाई कसरी आकस्मिक कक्षलाई सार्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

इन्जिनियरले नयाँ सर्जिकल भवनको भुई तल्लाको सिटी स्क्यान, एक्सरे, एमआरई रहेको स्थानमा सार्ने नमिल्ने बताएका छन् । तर अर्कोतर्फको भागमा आकस्मिक कक्ष बनाउन सकिन्छ कि भन्ने विषयमा छलफल चलिरहेको डा। बस्नेतले बताए ।

‘इन्जिनियरले भवनको अवस्था, आकस्मिक कक्षका लागि बनाउन सकिने क्षेत्रलगायत विषयमा अध्ययन गरेर दिएको सुझावका आधारमा आकस्मिक कक्ष सार्न सकिन्छ,’ डा। बस्नेतले भने, ‘हाम्रो आवश्यकता पूरा हुने भयो भने आकस्मिक कक्षलाई सार्न सकिन्छ ।’

पुरानो भवनमा हाल ४२ शय्या क्षमताको आकस्मिक कक्ष नयाँ भवनमा सरेपछि शय्या संख्या थप हुने उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group