ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलले ५ वर्ष नवीकरणको लागि दियो निवेदन, ४ अर्ब बुझाएर माग्यो किस्ताबन्दीको सुविधा


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ३ : १०   बजे

काठमाडौं १५ जेठ । निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले ५ वर्ष नवीकरणको लागि निवेदन दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणमा सोमबार किस्ताबन्दीमा नवीकरण दस्तुर बुझाउनेगरी निवेदन दिएको हो।

२००४ मा स्थापना भएको एनसेलको नवीकरण भदौमा सकिँदै छ। एनसेलले ५ वर्षको लागि नवीकरण गर्दा २० अर्ब रुपैयाँ बुझाउनुपर्छ।

 

पहिलो वर्षको लागि ४ अर्ब बुझाएर प्राधिकरणमा निवेदन दिएको छ। एनसेलले दूरसञ्चार प्राधिकरणसमक्ष हरेक वर्ष ४ अर्ब रुपैयाँ बुझाउने गरी किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने प्रस्ताव गरेको छ।

एनसेलको प्रतिस्पर्धी नेपाल दूरसञ्चार कम्पनी ९टेलिकम०ले नवीकरण सकिएको ५ वर्षपछि मात्रै गत वैशाखमा २० अर्ब बुझाएको थियो।

एनसेलले भने हरेक वर्ष किस्ताबन्दीमा बुझाउने गरी निवेदन दिएको छ। २०८६ सम्म सरकारको २० अर्ब बुझाइसक्ने गरी सुविधा माग गरेको छ।

सरकारले यसअघि नेपाल टेलिकम र एनसेललाई पहिलो र दोस्रो नवीकरण गर्दा किस्ताबन्दीमा नवीकरण शुल्क तिर्न सक्ने व्यवस्था गरेको थियो।

नेपालको दूरसञ्चार क्षेत्रको आम्दानीमा भारी गिरावट आएकाले एकै वर्ष २० अर्ब रुपैयाँ बुझाउँदा कम्पनी नै बन्द हुने अवस्था आउने भएकाले किस्ताबन्दीमा तिर्न सकिने निवेदन पेस गरेको छ।

प्राधिकरणले एनसेललाई यही जेठ ४ गते नै पाँचवर्षे नवीकरणको लागि पत्र काटेको थियो। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले ४ अर्ब रुपैयाँ सहित किस्ताबन्दीको प्रस्ताव माग गरेको जानकारी दिए।

‘हामीले त एकै पटक २० अर्ब रुपैयाँ नै बुझाऊ भनेको हो’, प्राधिकरणका प्रवक्ता पौडेलले भने,‘अहिले ४ अर्ब बुझाएको छ। अब थप के गर्ने प्राधिकरणसँगै मन्त्रालयसँग पनि परामर्श गर्छौं।’

किस्ताबन्दीको सुविधा दिने विषय प्राधिकरण आफैँले निर्णय गर्न नसके मन्त्रालयमा प्रस्ताव पठाउँछ। पहिलो र दोस्रो नवीकरणमा किस्ताबन्दीको सुविधा दिएकाले सञ्चार, सुचना तथा प्रविधि मन्त्रीले निर्णय गर्न सक्छिन्।

तर उनले निर्णय गर्न नसके मन्त्रिपरिषद्मा प्रस्ताव लगेर पहिलाजस्तै किस्ताबन्दीको सुविधा दिन सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu