ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक पूर्वाधारमा डेढ खर्ब बजेट, फास्ट ट्र्याक र पूर्वपश्चिम राजमार्ग विस्तार प्राथमिकतामा


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ६ : २२   बजे

काठमाडौं १५ जेठ । सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न २९ अर्ब ८८ करोड बजेट विनियोजना गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, नारायणगढ, बुटवल र गोरुसिंगे, र भालुवाङ लमही सडक स्तरोन्नति आगामी आवमा सुरु गर्ने बताए ।

 

यस्तै पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल तथा कमला–कञ्चनपुर सडकखण्ड चार लेनमा विस्तार आगामी आवमा सम्पन्न गर्ने उनले बताए ।

काठमाडौं–तराई मधेश फास्ट ट्र्याकको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ आगामी वर्ष सम्पन्न गर्ने उनले बताए । सकराले आगामी आवमा फास्ट ट्र्याकका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ ।

 

यस्तै मध्यपहाडी लोकमार्गमा ७५ किलोमिटर सडक कालेपत्रे र १० वटा पुल आगामी वर्ष सम्पन्न गर्न उक्त आयोजनाका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ ।

हुलाकी सडकमा ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण सम्पन्न गर्न ३ अर्ब ३० करोड बजेट विनियोजन भएको छ ।

कोशी, कालिगण्डकी, कर्णली करिडोर निर्माणमा तीव्रता दिँदै कालिगण्डकी करिडोरको ५० किलोमिटर र कोशी करिडोरको ३० किलोमिटर सडक कालोपत्रे आगामी आवमा हुने उनले बताए ।

कर्णाली करिडोरका ५ वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तोरोन्नति गर्ने र उत्तरदक्षिण करिडोरका लागि ४ अर्ब ३० करोड, मदनभण्डारी राजमार्गको बाँकी काम अगाडि बढाउने ३ अर्ब ६० करोड बजेट विनियोजन भएको छ ।

यस्तै नागढुंगा–नौबिसे–मुग्लिङ खण्डको थप ४० किलोमिटर स्तरोन्नति गर्ने उनले बताए । मुग्लिङ–आँबखैरेनी सडक विस्तार सुरु गर्ने र आँबुखैरेनी–पोखरा सडक स्तरोन्नति सम्पन्न गर्ने उनले बताए ।

त्यसैगरी भेरी, तमोर, महाकाली करिडोर सेती लोकमार्ग र सालझण्डी–सन्धीखर्क–ढोरपाटन सडक स्तरोन्नति गर्ने र करिडोरतर्फ ३ अर्ब ८६ करोड विनियोजन भएको उनले बताए । गल्छी–स्याफ्रुबेंसी सडक स्तरोन्नति आगामी वर्ष सकिने र स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति सुरु गर्ने र यसमा १ अर्ब ८० करोड बजेट विनियोजना भएको छ ।

पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना बेनीघाटसमम्म पडवे प्रणालीको सम्भाव्यता अध्ययन लगानी ढाँचा तयार गरी निर्माण अगाडि बढाइने उनले बताए ।

राष्ट्रिय राजमार्ग रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण सम्पन्न हुने उनले बताए । आगामी आव सिस्नेखोला–नागढुंगा सडक निर्माण सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सम्पन्न हुने उनाले बताए ।

उनले कोटेश्वर इन्टरसेक्सन निर्माण सुरु गर्ने बताए । सरकारले सुरुङ फ्लाइओभर र इन्टरसेक्सन निर्माणका लागि ५ अर्ब ६३ करोड बजेट विनियोजन भएको छ ।

सरकारले चालु आव भौतिक पूर्वाधार तथा यातायातमा बजेट १ खर्ब ३१ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group