ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरम आए दुई तिहाई बहुमतको सरकार- प्रचण्ड


admin
११ फाल्गुन २०७४, शुक्रबार   ६ : २१   बजे

काठमाडौं, ११ फागुन । बामगठबन्धनले दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दाबी गरेका छन्।

अध्यक्ष दाहालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल पनि सरकारमा आउने र नयाँ सरकार दुई तिहाई बहुमतसहितको हुने प्रष्टयाएका हुन्।

उनले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरू गर्नुभन्दा पनि ठूलो उपलब्धी भएको दाबी समेत गरे।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसियाली छाउनु ठूलो उपलब्धी भएको तर्क गरे। उनले बामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरू आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष दाहालले पहिलो पटक नेपालमा बामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको उल्लेख गर्दै त्यसको रक्षा गर्न बुद्धि लगानुपर्ने आवश्यकता पनि औंल्याए।

कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य जनक शाहलाई अध्यक्ष दाहालले पार्टीका प्रवेश गराएका थिए। शाह बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बजेट निर्माण कार्यदलमा थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group