ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी अस्पताल र उपेन्द्र देवकोटा अस्पतालबीच न्युरो सेवा आदानप्रदान गर्ने समझदारी


एबीसी न्यूज
१६ जेष्ठ २०८१, बुधबार   ५ : १२   बजे

काठमाडौं १६ जेठ । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा।डा। मधु दीक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट
अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे।

साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा। सिंह र प्रमुख कार्यकारी अधिकृत गुरूङले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे।

 

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरे। समझदारीबाट बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरो सम्बन्धी उपचारमा थप सहजता हुने उनले बताए। प्रहरी महानिरीक्षक कुँवरले समझदारीलाई कागजको दस्तावेज मात्र नभई उपलब्धिमूलक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

दुवै निकायको समन्वय र सहकार्यबाट दुवै पक्षलाई लाभ हुने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामुखी काममा हातेमालो गर्न तयार रहेको बताए।

सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा।डा। मधु दिक्षित देवकोटाले फाउन्डेसनलाई समझदारी योग्य सम्झेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने
बताए।

उक्त अस्पताल तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारी अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास गर्न सहयोग गर्नुको साथै सम्बन्धित विषयमा तालिम दिन समेत फाउन्डेसन
तयार रहेको उल्लेख गरे।

सम्झौताअनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई औषधी र कन्जुमेवल आइटम वाहेक ओपिडी, वेड भर्ना, अप्रेसन लगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ।

साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता २०८१ जेठ १६ गतेदेखि कार्यान्वयन भई ५ वर्ष अवधिको लागि लागू हुनेछ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group