काठमाडौं १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेकाले कृषिको बजेट घटेजस्तो देखिएको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको बताए ।
‘मलको परिमाण गत वर्षभन्दा बढी नै आयात हुन्छ र पर्याप्त आपूर्ति हुन्छ,’ उनले भने । लगानी दशक घोषणाकै वर्ष घट्यो कृषि बजेट, नयाँ कार्यक्रमलाई प्राथमिकता
सरकारले बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको र यो एक्लैको प्रयासले नहुने उनले बताए । निजी क्षेत्र, किसान र सरकारको संयुक्त प्रयासमा कृषिलाई व्यावसायिक बनाउन खोजिएको उनको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि कृषि मन्त्रालय तर्फ ५७ अर्ब २९ करोड रुपैयाँ छुट्याएको छ । यो बजेट रकम चालु आर्थिक वर्षका लागि छुट्याएकोभन्दा १ अर्ब ६९ करोड न्यून हो । चालु आवका लागि सरकारले ५८ अर्ब ९८ करोड विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्