ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनलाई सडक विभागको दुई दिने ‘अल्टिमेटम’, भनेको नटेरे कारबाही गर्ने चेतावनी


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   ६ : ४८   बजे

काठमाडौं, १७ जेठ । सडक डिभिजन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले भत्काएको सडक दुई दिनभित्र पुनर्स्थापना गर्न अल्टिमेटम दिएको छ ।

बुधवार सडक डिभिजनले महानगरलाई पत्रमार्फत उक्त सडक तत्काल पुनर्स्थापना नगरे कारबाही प्रक्रिया अघि बढाउने समेत चेतावनी दिएको छ ।

केही दिनअघि मेयर बालेनले न्युरोड सडकमा हस्तक्षेप गरेको भन्दै सडक विभाग र सडक डिभिजन काठमाडौंको कार्यालयको गेटमा धुलो थुपारेका थिए । बालेनको उक्त रवैयाप्रति रुष्ट देखिएको सडक विभागले कडा भाषामा नेपालको कानुनभन्दा ठूलो कोही नरहेको भन्दै प्रचलित कानुनको पालना गर्नु सबैको दायित्व हुने पनि सम्झाएको छ ।

बालेनलाई पठाएको पत्रमा भनिएको छ, ‘मिति २०८१र०२र०३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिएतापनि मिति २०८१।०१।१२ मा विना सहमति न्यूरोड न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा त्यहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनु हुन भनी मिति २०८१र०२र१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनर्स्थापना भएको देखिएन ।’

कार्यालयको गेटमा धुलो थुपारेपश्चात सडक विभागले जथाभाबी सडक काट्न रोकेपछि बालेनले अराजक व्यवहार देखाएको प्रारम्भिक प्रतिक्रिया दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group