ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्यातभन्दा भारतबाट नेपालमा बढी बिजुली आयात


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   २ : १९   बजे

काठमाडौं १७ जेठ । नेपालले यस वर्ष निर्यातभन्दा बढी मूल्यको बिजुली आयात गर्नुपरेको छ । हिउँदमा नेपालले आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपरेको छ ।

सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाब घट्दा नेपालभित्रको आन्तरिक उत्पादन घट्छ । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । प्राधिकरणले चालु आव निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरिएको जनाएको छ ।

यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो । आयात गरिएको विद्युतको मूल्य निर्यात गरिएकोभन्दा सस्तो छ । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा छ । आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा छ ।

प्राधिकरणले गत वर्ष जेठदेखि यस वर्ष हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भार निर्यात गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालु आव आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको दाबी गरे ।

६र७ वर्षअघिसम्म नेपालले विद्युत् आयातमात्र गरिरहेको थियो । पछिल्लो २र३ वर्ष अघिबाट विद्युत् निर्यात सुरु गरिएको हो । अहिलेसम्म निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था रहेको थियो । यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको उनको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu