धनगढी, १७ जेठ । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ ।मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।
कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताए । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्