ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियन्ता विशालराज महतलाई ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ३ : ४५   बजे

काठमाडौँ । हेटौँडा–५, सानो पोखराका अभियन्ता विशालराज महत ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’बाट सम्मानित भएका छन्। आरोही बिट्सले महतलाई सम्मान गरेको हो।

महतले हेटौँडामा अन्याय र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै नागरिकका सवालमा खबरदारी गर्दै आएका छन्। उनी असहाय तथा पीडितका पक्षमा समेत सक्रिय छन्।

लामो समयदेखि आम नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउँदै आएका महत शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय छन्। ‘सेवा, सहयोग र आवाज’ अभियानमार्फत आर्थिक अभावका कारण उपचारबाट वञ्चित व्यक्तिको उपचारका लागि पहल गर्नुका साथै विपन्न तथा असहाय परिवारलाई सहयोग जुटाउँदै आएका छन्।

शैक्षिक तथा मानवीय सहयोग

महतले हेटौँडा–१८ स्थित वैदिक संस्कृत गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेका छन्।

हेटौँडा अस्पतालसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा आवाज उठाएका कारण उनी हिरासतमा समेत परेका थिए।

वातावरण र नागरिक अधिकारका क्षेत्रमा अभियान

महतले पछिल्लो समय औद्योगिक प्रदूषण, वातावरणीय समस्या तथा नागरिक अधिकारका विषयमा अभियान सञ्चालन गर्दै आएका छन्। सामाजिक न्याय, सुशासन र नागरिकका समस्याप्रति निरन्तर खबरदारी गर्दै आएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार

कांग्रेस इतर पक्षको प्रतिबद्धता : १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार

कांग्रेस इतर पक्षको प्रतिबद्धता : १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण

प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह : ‘नेपालमा ढुक्कसँग लगानी गर्नुहोस्’

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

भारतको ८०औँ स्वतन्त्रता दिवस : नेपाल–भारत सम्बन्धको इतिहास, उतारचढाव र भविष्य

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu