ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्षबीच चर्काचर्की


एबीसी न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार   ३ : १७   बजे

काठमाडौं १८ जेठ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह बालेन० र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की भएको छ।

शुक्रबार बिहान बसेको कार्यपालिका बैठकको सुरुमै वडाध्यक्ष महर्जनले बैठक विषयवस्तुमा प्रवेश गर्नुअघि नै समय लिएर आफ्नो कुरा राख्न थालेका थिए। उनले हिजो बिहीबार० वडा कार्यालयबाट नगर प्रहरीले सम्पूर्ण कागजात उठाएर लगेकोबारे प्रश्न गरे।

‘कामपा वडा नम्बर २२ मा म नहुँदा, मेरो जानकारीबिना नगर प्रहरी आएर ६(७ बोरा फाइल लिएर गयो,’ उनले प्रश्न गर्दै भने, ‘यो २२ नम्बर वडामा मात्रै भएको हो किरु अन्त पनि भएको होरु’

 

उनले कसको आदेशमा यस्तो भएको र किन भएको भन्दै कार्यपालिका बैठकमा प्रश्न गरे। साथै, सेवाग्राहीलाई कुनैपनि सेवा गर्नका लागि कागजपत्र नहुँदा समस्या भएको पनि बताए।

‘यो डकैतीको शैलीमा के गर्न खोज्नुभएको होरु महानगरमै यो के भएकोरु म पनि जनताले चुनेर आएको मान्छे हो,’ उनले मेयर शाहलाई भने।

त्यसबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जवाफ दिए।

‘त्यो घरबाहल करसम्बन्धी अध्ययनका लागि राजस्व विभागबाट केही फरक देखिएकाले २२ नम्बरमा मात्रै नभइ अरु वडामा पनि आन्तरिक राजस्व विभागसँग सहकार्यमा काम भएको हो,’ उनले जवाफ दिए।

त्यसपछि पुनः वडाध्यक्ष चर्किए।

‘हामी वडावासीलाई कुनै लालपूर्जाको फोटोकपी भएन भने त्यो मात्रै फोटोकपी गरेर पठाउँछौँ,’ उनले भने, ‘तर, के गर्न खोजिएको होरु म प्रतिपक्षी हो ररु म पनि मेयरसाब जस्तै जनताले चुनेर पठाएको जनप्रतिनिधि हुँ।’

महर्जन बोल्दै थिए। उनी न्युरोडको फुटपाथ विस्तारको कुरामा लागे।

उनले प्रश्न गरे, ‘देशकै पपुलर ल्यान्डमा सडक बनाउने कुरा मैले पत्रिकार पढेर थाहा पाउनुपर्नेरु’ त्यसपछि भने मेयर शाह आफैँ प्रतिवादमा उत्रिए।

‘तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनुभयोरु,’ मेयर शाहले प्रतिप्रश्न गर्दै भने, ‘तपाईंकोमा कि २४ नम्बर वडामारु’

उनले मान्छेलाई हिँड्न गाह्रो भयो, सेक्सुयल ह्यारेसमेन्ट भयो, पाकेटमार बढ्यो भनेपछि विस्तार गर्न लागिएको जानकारी दिए।

‘२४ मा फुटपाथ बढाउँदा तपाईंलाई के समस्या भयोरु’ उनले प्रश्न गरे।

मेयर शाहसँग वडाध्यक्ष महर्जन पनि प्रतिप्रश्न गर्न थाले।

‘उनले फुटपाथको साइज कति चाहिन्छरु थाहा छरु,’ मेयर शाहको प्रश्न थियो।

उनले जवाफमा सडक विभागले आपत्ति जनाएको बताए। मेयर शाहले सडक विभागले बनाएको फुटपाथ नभएको भन्दै महानगरले बनाएको बताए।

उनीहरूबीच बैठकमा झण्डै १५ मिनेटसम्म नोकझोक चलेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu