ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संस्थाका लागि ‘सीईओ’को भूमिका महत्त्वपूर्ण हुन्छ’


एबीसी न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार   ३ : ३२   बजे

काठमाडौं १८ जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनैपनि संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले आफ्नो भूमिका कौशलताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घ ९म्यान० द्वारा शुक्रबार काठमाडौँमा आयोजित ‘सीईओ कन्फेरेन्स, २०२४’ सम्मेलनको समुद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले वित्तीय तथा गैर–वित्तीय क्षेत्रमा कार्यरत नेतृत्व तहलाई नेपालसहित विश्वमा बद्लिँदो परिवेश, नवीनतम प्रविधि विकास, खस्कँदो अर्थतन्त्र र संस्थाको नेतृत्व तहले कम्पनीको समस्या समाधान र उन्नयनका लागि अवलम्बन गर्नसक्ने विषयबारे यो सम्मेलनले प्रचुर ज्ञान आर्जन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ूयस सम्मेलनमार्फत सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलबाट परिचालित कार्यस्थलको सुनौलो भविष्यका लागि मार्गदर्शन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरेको छु,ू उहाँले भन्नुभयो, ूठुला कम्पनीमा कार्यरत ुसीईओु अन्य क्षेत्र र अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उहाँहरूले आफ्नो व्यक्तिगत हितको तुलनामा कम्पनीका लागि इमान्दारिताकासाथ भूमिका निर्वाह गर्नु पर्दछ । त्यो इमानदारिता कायम गर्न नसकेको अवस्थाका संस्था वा कम्पनी धराशायी हुने सम्भावना रहन्छ । त्यसैले पदीय दायित्व, गरिमा र ओजलाई कायम राख्न कुनै कसर बाँकी राखिनु हुन्न ।ू

उपराष्ट्रपति यादवले नवप्रवर्तन कम्पनीमा कार्यरत ुसीईओुले सबै व्यावसायिक दिनचर्याहरूमा आफ्नो मिहिन दृष्टि राख्दै त्यसमा सहभागी हुन सक्नुपर्ने समेत बताउनुभयो । ूयो पदमा बस्नेहरू सक्षम र दक्ष नहुनु कै कारण धेरै कम्पनीहरू उठ्नै नसक्ने अवस्थामा पुगेको उदाहरणहरू हामी सामु प्रशस्तै छन्,ू उहाँले भन्नुभयो, ूयो गम्भीर विषय हो, सरोकारवालाको ध्यान जानै पर्छ ।ू

उहाँले ुसीईओुले कम्पनीको सङ्गठनात्मक संस्कृतिको प्रवक्ताको भूमिका निर्वाह गर्दै संस्थालाई सफल दृष्टिकोण, मिसन र उद्देश्यका साथ सञ्चालन र विकास उन्मुख बनाउनु पर्ने पनि बताउनुभयो । ूसीईओ कुनैपनि संस्थामा आइपरेको समस्या समाधानमा रणनीतिक योजनामार्फत अघि बढ्न निर्देशित गर्नसक्ने पनि हुनु पर्दछ,ू उपराष्ट्रपति यादवले भन्नुभयो, ूएउटा ुसीईओुका लागि संस्थामा राम्रो टिम हुनु अति आवश्यक सर्त हो । टिमको विश्वास र समर्थन बिना सफल हुन सकिन्न । कुनै गुनासा र आरोपपछि त्यसको समाधान गर्न आत्मचिन्तत अपरिहार्य हुन जान्छ । यसले जीवनमा विनम्रता मात्रै ल्याउँदैन आफ्नो व्यवहार र कार्यहरूको विश्लेषण गर्दै अघि बढ्न तथा संस्था र कम्पनीलाई सफलताको उचाइमा पुर्‍याउन सहयोग गर्दछ ।ू

उपराष्ट्रपति यादवले हरेक प्रबन्धक, नेतृत्वकर्ता हुन नसक्ने उल्लेख गर्दै समादर, शिष्टता, सदाचार, सद्–व्यवहार र आत्मविश्वासका साथ नेतृत्व गर्न सक्नेले नै सम्मान पाउने बताउनुभयो । ूएउटा ुसीईओु आधुनिक कार्यस्थलमा स्वयंलाई मात्र होइन संस्थालाई स्थापित गर्ने कलाको पारखी पनि बन्न सक्नु पर्दछ,ू उहाँले अगाडि भन्नुभयो, ूकुनै पनि लगानीको भविष्य तब मात्रै सुनिश्चित हुन सक्दछ, जब हामी परिवर्तित परिवेश, माटो र भूगोल सुहाउँदो वातावरणबारे सही तथ्य र ज्ञानका साथ अघि बढ्न सक्दछौँ । खासगरी, नवीनतम प्रविधिहरूको प्रयोग र त्यसबाट सिर्जित अवसर एवं चुनौतीहरूको पहिचान गर्दै अघि बढ्न नितान्त जरुरी छ ।ू

यसैगरि, उहाँले यो क्षेत्रमा नेपालले अङ्गीकार गर्नुपर्ने आवश्यक रणनीतिहरूको तर्जुमा गर्दै समस्या समाधानसहित लगानीका अवसरहरूलाई बढी भन्दा बढी उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ूआजको युग नवीनतम प्रविधिको प्रयोग गरी व्यवसायमा सफलता हासिल गर्ने युग पनि हो । यसै प्रविधि अन्तर्गत परिवर्तनलाई कसरी अङ्गीकार गर्न सकिन्छ भन्ने मूल ध्येयका साथ अगाडि बढ्न सके हामी हरेक क्षेत्रमा सफल हुन सक्छौँ ।ू

उपराष्ट्रपति यादवले पछिल्लो समय विश्व एउटा कठिन आर्थिक, प्राकृतिक, प्राविधिक जटिलता उन्मुख अवस्थामा रहेकोले त्यसबाट त्राण पाउन सम्बन्धित सबैलाई थप सजग, सचेत र सावधान हुन यो सम्मेलन कोशेढुंगा बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण स्वदेशी तथा विदेशी विज्ञहरूले सम्मेलनमार्फत समस्याग्रस्त विश्वका लागि एउटा महत्त्वपूर्ण साझा सूत्रको पहिचान गर्दै यस क्षेत्रमा देखिएका वा देखिने सम्भावित विकृति, विसङ्गति र अस्तव्यस्तताको समाधान हेतु परिवर्तनलाई आत्मसात् गर्न सक्ने मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group