ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीले हुकुमी शासन देखाउनुभयो- रामहरी खतिवडा


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   १२ : ०७   बजे

काठमाडौं २० जेठ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताएका हुन्।

उनले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने पनि बताए।

 

‘मापसे गरेका मान्छेहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे। यो कुन कानूनमा र कुन नियममा छरु गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ किरु मन्त्रालयबाट पत्राचार भएको छ किरु यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामीविरुद्धमा छौँ,’ उनले भने, ‘त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन। कानून अनुसार मुलुकलाई अगाडी बढाउनु पर्दछ। कहिलेकाहीँ विद्यार्थीहरूले, विदेशीहरूले पनि स्वयंसेवा गर्छन्। पहेँलो ज्याकेट लगाउने मान्छेहरू सबै मापसेयुक्त हुन भन्ने भान भयो भने मुलुक कतातिर जान्छरु तिनीहरूको इज्जत रहन्छ रहँदैन। त्यसैले यो काम तुरुन्त बन्द गरेर कानून अनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् भन्ने माग गर्न चाहन्छु।’

उनले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गर्दै उनले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह समेत गरे।

‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको सुरुवात गर्नुभएछ। कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहान्छौँ। राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ,’ सांसद खतिवडाले भने, ‘तर मुलुक हुकुमी शासनमा चल्ने होइन। कानून अनुसार चल्नुपर्छ। कुनैपनि काम गर्दा कानून निर्माण गरेर, कानूनी राज्य अनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो।’

उनले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गरे।

‘मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन। कानुन अनुसार चलाउनु पर्‍यो। कसैको शोषण गर्न पाइँदैन। पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो। कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group