ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदलाई जे लगाए पनि छुट, नागरिकलाई किन रोकावट ? सांसद ईश्वरीदेवी न्यौपाने


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   १२ : १७   बजे

काठमाडौं २० जेठ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबार र संसद् भवनमा सांसद र नागरिकले लगाउने पोशाकमा समानता नरहेको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले समानताका लागि सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

न्यौपानेले सबैका लागि समान व्यवस्थाका लागि सभामुख देवराज घिमिरेसँग रुलिङको मागसमेत गरेकी छन् ।

दूरदराजका नागरिकलाई काठमाडौं आउनै गाह्रो हुने र काठमाडौं आएको बेला संसद् भवन हेर्न खोज्दा पोशाकका कारणले समेत समस्या हुने गरेको उनको भनाइ छ ।

पोशाककै कारण संसद् भवनमा पुगेर पनि दर्शकदीर्घामा जानबाट रोकिने गरेको उनले बताइन् ।

किन दर्शकदीर्घामा जानबाट रोकिएको भनेर आफूले प्रश्न गर्दा ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन्’ भनिएको उनले बताइन् ।

यस्तो जवाफ सुनेर आफू आश्चर्यजनक भएको पनि उनले सुनाइन् । यो सरकारको नियम होला भनेर आफूले मनमा दबाएर राखेको तर, त्यस्ता घटना दोहोरिरहेपछि उठाउनु परेको उनको भनाइ छ ।

यस्तै घटना आफूसँग समेत सम्बन्धित भएको उनले सुनाइन् ।

‘अस्ति म सिंहदरबारमा एउटा भइको बाइकमा जाँदै थिएँ । मैले आफ्नो आईडी देखाएँ, भित्र गएँ । तर, प्रहरी दगुरेर मेरो पछाडि आइराख्यो । म अचम्मित भएँ । उत्रिएर सोधेँ किन दगुरेको रु माननीयज्यू तपाईंलाई होइन, त्यो भाइलाई रोकेको भन्नुभयो’ सांसद न्यौपानेले भनिन् ।

भाइलाई किन रोकेको भन्दा ‘भाइले हाफ पाइन्ट लगाएको छ जान पाउँदैन’ भन्ने जवाफ पाएको र यसबाट आफू अचम्मित भएको पनि उनले सुनाइन् ।

आफूले संसद्‌मा पुरुष माननीयहरूलाई हेरेको र उनीहरूले चप्पल लगाएको पाएको सांसद न्यौपानेले बताइन् । संसद्‌मा मर्यादित ड्रेस लगाएर आउने कति छौं भनेर पनि आफूले नियालेको उनले सुनाइन् ।

उनले प्रश्न गरिन्, ‘हामी साडीम आउँछौं कि, सर्ट, पाइन्ट र कोट लगाएर आउछौं कि रु हामी आफ्नो मातृ ड्रेस लगाएर आउँछौं कि रु यसमा किन आपत्ति रु’

आफूले स्कुल पढ्ने बेलामा फ्रक लगाएको स्मरण गर्दै उनले प्रश्न गरिन्, ‘यो संसद्‌मा कोही फ्रक लगाएर आउनुभएको छ, कोही टि सर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही दम्पर लगाएर आउनुभएको छ । कोही गरारा भन्छ, कोही सरारा भन्छ । हामीलाई सबै छुट अनि जनतालाई चाहिँ त्यसमा बन्देज रु’

नियम बनाउने सांसदहरूलाई जस्तो लगाएर पनि संसद्‌मा जान पाउने छुट किन भन्ने उनको प्रश्न छ । ‘हामी माननीयले जस्तो लगाएर यहाँ आए पनि भयो । नौरङ्गी फेसन लगाएर आए पनि हुन्छ, हामीले केही गर्न नपर्ने’ उनी थप्छिन्, ‘जनताहरू हाफपाइन्ट लगाएर सिंहदरबारमा प्रवेश नपाउने रु चप्पल लगाएर संसद्को दर्शकदीर्घामा जान नपाउने किन रु’

यो अत्यन्तै अप्ठा्यारो विषय भएको उल्लेख गर्दै उनले सभामुखसँग रुलिङको माग गरेकी छन् । सांसदहरू सबै ड्रेस लगाएर हिँड्न पाउने भएपछि जनताले हाफपाइन्ट लगाएर सिंहदरबार र संसद् भवनमा प्रवेश नपाउनुको कारण सरकारले दिनुपर्ने उनको माग छ ।

नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउने भनेर अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर रुलिङ गरिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group