ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको संसदमा आलोचना


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   १२ : १९   बजे

काठमाडौं २० जेठ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले यस्तो कार्यको आलोचना गरेका हुन् । महिनावारीको समयमा चार दिन ट्राफिक महिलालाई सुविधा दिने विषय सकारात्मक भएता पनि यसका लागि कानुन बनाउनुपर्ने उनको सुझाव छ ।

 

‘उपप्रधानमन्त्रीको ट्विट पढें । ट्राफिकमा काम गर्ने महिलालाई चार दिन पिरियडको समयमा बिदा दिने भन्नुभएको छ । कानुन बनाएर गर्दौ राम्रो । यसलाई हामी धन्यवाद दिन चाहन्छौं’ खतिवडाले थपे, ‘मुलुक हुकुमी शासनमा चल्ने होइन । कानुन अनुसार चल्नुपर्छ । कुनै पनि काम गर्दा कानुन निर्माण गरेर चल्नुपर्छ ।’

यसैसँग जोडिएर खतिवडाले ट्रफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको आलोचना गरेका हुन् । ‘मापसे गरेका व्यक्तिहरुलाई सडकमा ल्याएर उभ्याउने अरे । यो कुन कानुन र नियममा छ रु’ खतिवडाको प्रश्न छ ।

 

आफूहरु हुकुमी शैलीमा मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लडेको र फेरि हुकुमी शासनको विरुद्धमा रहने उनले बताए ।

स्वयमसेवी ट्राफिकको रुपमा विदेशी नागरिकहरु, विद्यार्थीहरू, समाजसेवाीहरु समेत देखिने गरेको उल्लेख गर्दै उनले थपे, ‘सबै स्वयमसेवी सडकमा हुने मापसे हो भन्ने भयो भने के हुन्छ रु’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नलिएर उनले पत्रकारिता गरे जस्तो बोलेर शासन नहुने बताए । उनी थप्छन्, ‘मन्त्रालय कानुन अनुसार चलाउनुपर्छ । बोलेर, ट्विट गरेर सरकार चलाउने होइन । कानुन बनाएर काम गर्नुपर्छ । म सभामुखको रुलिङको माग गर्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group