ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरतह समन्वय र सहजीकरण तीव्र


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   १२ : ४५   बजे

काठमाडौं २० जेठ । सरकारले सङ्घीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अन्तरतह समन्वय र सहजीकरणलाई तीव्र पारेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन तहबिचको समन्वयका लागि विषयगत समिति गठन गरिएको छ ।

मन्त्रालयका सहसचिव एवं सङ्घीय मामिला महाशाखा प्रमुख सुमन दाहालका अनुसार सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई प्रादेशिक वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि र प्रणालीसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ । त्यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी मापदण्डलाई पनि अन्तिम चरणमा पु¥याइएको छ ।

सहसचिव दाहालले भन्नुभयो, “सरकारसँग उपलब्ध भएको स्रोतसाधन र जनशक्तिको सदुपयोग गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ ।” यस अवधिमा मन्त्रालयले ६४ वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ ।

त्यस्तै सात वटै प्रदेशमा प्रदेश समन्वय परिषद् सञ्चालन निर्देशिका निर्माण भएको, प्रदेश लोक सेवा आयोग सञ्चालनका लागि कानुन निर्माण भएको, सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयबाट प्रदेश र स्थानीय तहका लागि ४४ वटा नमुना कानुन निर्माण भएको पनि मन्त्रालयले जनाएको छ ।

८८ वटा स्थानीय तहले आन्तरिक नियन्त्रण प्राणाली कार्यान्वयनमा ल्याएको, ७५३ वटै स्थानीय तहको सूचना प्रविधि प्रणालीको सबलीकरण भएको, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिमैत्री नीति निर्माण भएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै ६९९ स्थानीय तहले स्वमूल्याङ्कन पद्धति ९लिजा०, ७५३ स्थानीय तहले स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली ९सुत्र० र सात वटै प्रदेशले डिजिटल डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएका छन् ।

केही उपलब्धिमूलक काम

सङ्घीय शासन विज्ञ डा। खिमलाल देवकोटाले भने यस अवधिमा सङ्घीयता कार्यान्वयनमा अपेक्षाकृत उपलब्धि नभएको बताउनुभयो तर केही उपलब्धि भने सकारात्मक भएको उहाँले बताउनुभयो । सङ्घीय व्यवस्था कार्यान्वयन भएदेखि बस्न नसकेको अन्तरप्रदेश समन्वय परिषद्को बैठक बसेर सरकारले तीन तहको सरकारसँग समन्वय गर्ने प्रक्रिया अगाडि बढाउनु सकारात्मक भएको उहाँले बताउनुभयो ।

देवकोटाका अनुसार यस अवधिमा सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन संसद्मा छलफलका क्रममा रहेको, प्रदेश प्रहरी ऐन निर्माणका क्रममा रहेको छ । सरकारले नै गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन सम्बन्धित मन्त्रालयले कार्यान्वयनको प्रक्रिया अगाडि नबढाएकोमा भने देवकोटाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अब बाँकी समयमा सरकारले अत्यावश्यक रहेको सङ्घीय शिक्षा ऐन, निजामती सेवा ऐन र प्रदेश प्रहरी ऐन जारी गरी सङ्घीय व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group