ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली टोली विश्वकप क्रिकेट छनोट खेल्ने आज जिम्बाबे जाँदै


एबीसी न्यूज
१२ फाल्गुन २०७४, शनिबार   ८ : ०४   बजे

काठमाडौं,  १२  फागुन नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज शनिबार जिम्बाबे जाँदैछ ।

नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो । समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानस्तान, स्कटल्याण्ड र हङकङ्गसंग खेल्नेछ ।

नेपालको पहिलो खेल घरेलु टोली जिम्बाबेसँग फागुन २० गते, स्कटल्याण्डसँग फागुन २४ गते, अफगानस्तानसँग फागुन २६ गते र हङकङ्गसँग फागुन २८ गते खेल्नेछ । दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् ।

विश्वकप छनोट खेल्ने वेष्टइण्डिज, आयरल्याण्ड, अफगानस्तान र जिम्बाबेले एकदिवसीय मान्यता पाइसकेकाले यी बाहेक शिर्ष ३ टीमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् । समूहको पुछारमा रहने २ टीम डिभिजन टूमा झर्नेछन् ।

नेपालका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले विश्वकप छनोटका लागि पर्याप्त तयारी हुन नसके पनि डिभिजन टू मा हात परेको सफलताले टीमलाई हौस्याएको र सबैजसो खेलाडीहरु फर्ममा रहेकाले राम्रो प्रदर्शन गर्ने बताउँदै आएका छन् ।

नेपाली टोलीलाई सरकारले शनिबार जनही तीन–तीन लाख रुपैयाँसहित सम्मान गर्दै प्रतियोगिताका लागि बिदाइ गरेको छ । नेपालले तेश्रोपटक विश्वकप क्रिकेटको छनोट खेल्न लागेको हो ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अरु खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन् । यस्तै, बिनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो बैकल्पिक खेलाडीका रुपमा टीममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group