ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिङरोड बाहिरका काँठ बस्ती होमस्टे सञ्चालन गर्न उपयुक्त : पर्यटनमन्त्री


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   १ : २४   बजे

काठमाडौं २१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काँठ बस्तीमा होमस्टे ९घरबास० कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।

हाँडीगाउँ सामुदायिक होमस्टे ९घरबास० को वार्षिकोत्सव र नयाँ होमस्टे घर उद्घाटन कार्यक्रममा बोल्दै उनले सहरभन्दा नजिक उपत्यकाका काँठ क्षेत्रमा होमस्टे कार्यक्रम विस्तार गर्न सकिने सम्भावना रहेको बताए ।

विदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अग्र्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने उनले बताए ।

मन्त्री तामाङले होमस्टेलाई व्यवस्थित तथा प्रभावकारी र उद्देश्यमूलक बनाएर सञ्चालन गर्न समेत निर्देशन दिए ।

सहरी क्षेत्रमा रहेका घरमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्ने हाँडीगाउँ होमस्टेले प्रमाणित गरेको उनको भनाइ छ ।

काठमाडौं रिङरोड बाहिरका काँठ क्षेत्रमा खेती गर्ने, पशुपालन गर्ने र गाईवस्तुको मलबाट तरकारी फलाउने गरिने भन्दै उनले त्यसलाई उपयोगमा ल्याएर ती बस्तीमा होमस्टे सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल आउने पर्यटकलाई स्थानीय रीतिरिवाज सिकाउने यो सबैभन्दा प्रभावकारी माध्यम भएको उनले बताए ।

पर्यटकीय सम्भावना भएका गाउँ सहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने भन्दै मन्त्री तामाङले मन्त्रालयले होमस्टे कार्यक्रमको प्रवद्र्धन, सञ्चालन तथा विस्तारमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हाँडीगाउँ सामुदायिक होमस्टेका अध्यक्ष शकुन्तला घिमिरेले ११ वटा घरबाट सञ्चालन गरिएकोमा हाल २७ वटा घर आबद्ध भएको र ५० घर पुर्‍याउने योजना रहेको बताइन् ।

हाँडीगाउँ आफैंमा इतिहास बोकेको स्थान भएको भन्दै उनले यहाँको स्थानीय परिकारसँगै पाहुनालाई मौलिक संस्कार सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group