ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटको समर्थनमा बोले कांग्रेस उपसभापति गुरुङ


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   २ : १३   बजे

काठमाडौं २१ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकारको आगामी आर्थिक बर्ष २०८१र८२ को बजेट सकारात्मक भएको टिप्पणी गरेका छन् ।

बजेटले राखेको १२ खर्ब ६० अर्ब राजश्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने भन्दै उनले औषधि प्रयोजनका लागि गाजा खुला, घरेलु मदिरा बिक्री गर्ने कानुनी व्यवस्था, जडिबुटी खेती र गैरकानुनी कारोबार नियन्त्रण गर्ने हो भने १९ खर्ब राजस्व उठाउन सकिने हिसाब सुनाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा बोल्दै बजेटले केही नयाँ कार्यक्रम र आइडिया ल्याएको बताए । १४ मिनेट समय पाएका सांसद गुरुङले बजेटका कार्यक्रमहरुको आलोचना गरेनन् । केबल राजस्व बढाउनतिर नलागेर ऋण लिनु बेठीक भएको बताए ।

‘ऋण लिएर घिउ खाने बानी अन्त्य गर्नुपर्छ, ऋण लिएर भैंसी किन्नुपर्छ’, उनले भने । भैंसी किनेपछि दूध, दही मही सबै खान पाइने भन्दै कांग्रेस उपसभापति गुरुङले राजस्व वृद्धिमै जोड दिनुपर्ने धारणा राखे ।

दुई ठाउँमा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको आलोचना गरेका गुरुङले आफूले भनेको सुन्ने व्यक्तिलाई पार्टीले अर्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे ।

कांग्रेस–माओवादी गठबन्धन सरकार रहँदा गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए । सरकारमा रहँदा र बाहिर रहँदा फरक कुरा गर्न नहुने भन्दै उनले नकारात्मक ढंगले कसैले कुरा राख्न नहुने बताए ।

नेता गुरुङले राजस्व धेरै उठाउन सकिँदैन त्यसैले कम आकारको बजेट बनाउनुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताए । राजस्व वृद्धिका चार क्षेत्र उनले यसरी सुनाए स्

औषधिका लागि गाँजा खुला

नेता गुरुङले औषधिका लागि गाजा खेती खुला गर्ने हो भने वार्षिक रुपमा २ खर्ब राजस्व उठाउन सकिने बताए । चालु आर्थिक वर्षकै बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेती खुला गर्न कानुन बनाउने घोषणा भएको थियो ।

तर आफूले यससम्बन्धी तालुक मन्त्रालयका मन्त्री र सचिवलाई पटक पटक भन्दा पनि कानुनको मस्यौदा नबनाएको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा गाँजा खेती औषधिजन्य प्रयोजनका लागि गर्न दिने गरी कानुन बनाउने घोषणा गरिएको छ ।

घरेलु मदिराको ब्रान्डिङ

घरेलु मदिराको व्यवस्थापनका लागि कानुन बनाउन खोज्दा पनि आफूले प्रतिफल दिन नसकेको गुरुङले बताए ।

‘तत्कालीन उद्योग मन्त्री र उद्योग मन्त्रालयका सचिवलाई भेटेर र फोन गरेर घरेलु मदिराको व्यवस्थापनका लागि छिटो कानुन बनाउन पटक–पटक भन्दा पनि रोकियो’ सांसद गुरुङले भने, ‘घरेलु मदिराको व्यवस्थापन र ब्रान्डिङ गरे अर्को दुई खर्ब राजश्व उठ्छ ।’

प्रधानमन्त्रीले नै कानुनमन्त्रीले भनेको कानुन छिटो ल्याउनुस् भनेर निर्देशन गर्दा समेत नआएको भन्दै उनले आफ्नो अनुभवबाट पाठ सिकेर काम गर्न अहिलेको सरकारलाई सुझाव दिए ।

‘घरेलु मदिरा ब्रन्डिङ गर्दा दुई खर्ब राजश्व छ । यहीँ छ त पैसा, छैन भन्ने रु’ उनको प्रश्न छ ।

जडिबुटी खेती विस्तार

आफू कानुन मन्त्री भएका बेला जडिबुटी खेतीका लागि पनि कानुन बनाउन भन्दा तालुकदार मन्त्रालयले नमानेको गुरुङले दुःखेसो गरे । उल्टै एकदिन मन्त्रीले ‘कि सचिव फेर्न कि आफैंलाई फेरिदिन’ भनेको उनले सुनाए ।

नेपालमा ७३६ थरीका जडिबुटी पाइने उल्लेख गर्दै उनले त्यसमध्ये पाँच औले, यार्सागुम्बा लगायत महत्वपूर्ण जडिबुटीको मात्रै खेती गर्यौं भने बार्षिक थप दुई खर्ब राजश्व उठाउन सकिने बताए ।

गैरकानुनी कारोबार नियन्त्रण

पूर्वमन्त्री गुरुङले गैरकानुनी कारोबार नियन्त्रण गर्न सक्दा अर्को २ खर्ब राजश्व उठ्ने बताए । आफूले प्रधानमन्त्री समेतको उपस्थितिमा यस्तो आग्रह गरेको र सम्बन्धित मन्त्रालयलाई प्रधानमन्त्रीले नै आग्रह गर्दा समेत गैरकानुनी कारोबार रोक्ने गरी कानुन बन्न नसकेको बताए ।

यी चार काम गरे आगामी आर्थिक बर्षमा नेपालले १९र२० खर्ब राजश्व उठाउन सक्ने उनको सुझाव छ ।

‘अहिले प्रक्षेपण गरेको १२ खर्बमा ११ खर्ब नै उठेपनि मैले भने जस्तो गरे अर्को ८ खर्ब थपिँदा १९ खर्ब उठ्छ । अनि के को आन्तरिक ऋण रु के को अनुदान रु बाह्य ऋण किन चाहियो रु आइडियालाई क्लिक गरेर अगाडि बढौं’, कांग्रेस उपसभापति गुरुङले भने ।

‘बजेटमा नयाँ आइडिया क्लिक’

आगामी आर्थिक वर्षको बजेटमा केही नयाँ आइडिया आफूले पाएको सांसद गुरुङले बताए ।

उदाहरणका रुपमा उनले बजेटमा आएको जकनकपुरमा विवाह र लुम्बिनीमा बच्चा जन्माउनका लागि पर्यटक भित्र्याउने योजना उधृत गरे ।

राम जानकीको विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबका रूपमा प्रद्र्धन गरिने छ विषय बजेटमा छ । यसमा हनिमुन सिटी थप्दा अझ राम्रो हुने सांसद गुरुङको सुझाव छ ।

‘आज कम्तीमा बर्थिङ हब बनाऔं भनेर आएको छ । कमसेकम नयाँ आइडिया क्लिक भएको छ’, उनले थपे, ‘वेडिङ हब, बर्थिङ हब आयो । यसमा एउटा छुट्यो, अब हनिमुन सिटी राख्दा के फरक पर्छ रु चितवनको सौराहा भन्नु भन्दा त्यहाँ हनिमुन सिटी किन नबनाउने रु’

रारा तालमा हनिमुन पानी जहाज बनाउन सकिने उनको सुझाव छ । उनी भन्छन्, ‘रारा तालमा एक हजार कपल ९जोडी० अट्ने कपल सिप बनाइदिऔं । हनिमुन सिपमा गएर हनिमुन मनाउँछन् ।’

आफूले यस्तो आइडिया विगतका अर्थमन्त्रीलाई भनेको तर, नसुनेको दुःखेसो पनि सांसद गुरुङले गरे ।

सांसद गुरुङले बजेटमा प्रस्तुत ‘गण्डकी त्रिभुज’ योजनाको पनि प्रसंसा गरे । यसले अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ ।

‘गण्डकी त्रिभुज । यो भाइब्रेन्ट इकोनोमीका लागि चाहिन्छ । आज यो कुरा प्राप्त छ । यस्तो तीन ठाउँमा खोजौं र दुईरदुई प्रतिशत जीडिपी यसबाट बढाउन सके ६ प्रतिशत जिडिपी बढाउन सकिन्छ’, उनले भने ।

नेपालका साँस्कृतिक सम्पदाको प्रचार गरेर पर्यटक ल्याउन सकिने सांसद गुरुङले बताए । ‘सोरठी घाँटुमा ढल्किने, भजनमा रन्किने, साकेलामा भन्किने, तामाङ सेलोमा फन्किने, मैथिली, भोजपुरी र थारुमा रम्ने, नेवारीमा जम्ने, देउडामा झुम्ने यसलाई समायोजन गरेर अगाडि बढौं’, उनी भन्छन् ।

संस्कृतिको जति बिक्री गर्‍यो त्यति फैलिने उनको भनाइ छ । भारतका हिन्दू र चीनका वौद्ध धर्मावलम्बीलाई नेपाल ल्याउन सके पर्यटनले फड्को मार्ने गुरुङले बताए ।

डाँडामा भ्यू टावर बनाउने संस्कृतिलाई भने अन्त्य गर्नुपर्ने उयको सुझाव छ । ‘नो नट अगेन भ्यूटावर । खाली डाँडोमाथि भ्यू टावर बनाएका छौं । त्यसैले नो नट अगेन भ्यूटावर भन्नुपर्छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group