ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमतको अवरोधपछि मधेस प्रदेश सभा बैठक १० मिनेटलाई स्थगित


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   ५ : २८   बजे

काठमाडौं २१ जेठ । जनमत पार्टीको अवरोधपछि सोमबार बसेको मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।

सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासका क्रममा जनमतका तत्कालीन मन्त्री तथा सांसदहरूमाथि भएको लाठी प्रहारको घटना छानबिन गर्न माग गर्दै जनमतका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन्।

प्रदेश सभा बैठक सुरु हुनबित्तिकै जनमतका सांसद सञ्जय यादवले प्रदेश सरकारले उक्त घटना छानबिन गर्नुपर्ने बताएका थिए। उनले छानबिन समिति गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने पनि बताए।

‘कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा भएको आक्रमणको घटना नजरन्दाज गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सरकारले बदनियतपूर्वक प्रदेश सभामा विरोध गर्ने वातावरण सिर्जना गरेको छ। उक्त घटनाको छानबिन समिति गठन गर्न माग गर्दछौं,’ उनले भने।

जनमतका सबै सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित भएको बताएका छन्।

सप्तरीको राजविराजमा गत माघ ८ गते कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादव लगायतका केही सांसदहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।

यो घटना छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै जनमत पार्टीले लगातार प्रदेश सभा बैठकमा अवरोध गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group