ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंबाट ईटहरी जाँदै गरेको हायस दुर्घटना


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   ५ : ४८   बजे

काठमाडौं २१ जेठ । मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका ७ कालीखोला नजिकै सिरुटारमा सोमबार हायस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। काठमाडौंबाट ईटहरी जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस सडकमै पल्टिदा त्यसमा सवार १४ जना यात्रुहरुमध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नपा २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, हायसका सह चालक सुनसरी जिल्ला इटहरी उमनपा १७ कान्छीचोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकी, सुनसरी जिल्ला रामधुनी नपा १ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारी, मोरङ रतुवामाई नपा ५घोपाबाद बस्ने वर्ष ४५ को होमनाथ अधिकारी हुनुहुन्छ ।

यसैगरी सुनसरी जिल्ला ईटहरी नपा ५ सिमरवाना बस्ने वर्ष ३२ को रवि पाण्डे, रामधुनी नपा४ लालपुर बस्ने वर्ष ७० को राधा कार्की, रामधुनी नपा २ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनिसा कार्की, सोहि ठाउकि वर्ष ७० की अमृतमाया कार्की,चालक सुनसरी जिल्ला रामधुनी नपा ४ मानपुर बस्ने वर्ष ३९ को टंक श्रेष्ठ र धरान उमनपा ५ ठिङ्गाबारी बस्ने वर्ष २९का डिल्ली कुमार लिम्वु घाइते हुनुभएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोजकुमार थापाले बताउनुभयो ।

घाइतेहरुको उदयपुर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरान पठाइएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu