काठमाडौं २२ जेठ । लोकसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय कांग्रेस नेता जयराम रमेशले प्रधानमन्त्री नरेन्द्र मोदी अब पूर्वप्रधानमन्त्री हुने दाबी गरेका छन्।
समाचार एजेन्सी एएनआईका जयराम रमेशले भने, ‘प्रारम्भिक परिणामले वर्तमान प्रधानमन्त्री पूर्वप्रधानमन्त्री हुने देखाउँछन्। यो उनको ९प्रधानमन्त्री मोदीको० नैतिक र राजनीतिक हार हो।’
सुरुवातमा ६ हजार मतले पछि परेका प्रधानमन्त्री मोदी अहिले भने अघि लागिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्