ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज मेडिकल कलेजले अध्ययन नगराउने


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ११ : ३१   बजे

काठमाडौं २२ जेठ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो ।

स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । सोमबार साँझ कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रममार्फत अस्पताल प्रशासनले उक्त कुराको जानकारी गराएको हो ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कम्पनी सचिव श्यामकुमार शर्माले हालसम्म चिकित्सक अध्ययन र अस्पतालका रूपमा सेवा प्रदान गर्दै आइरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट अब अस्पतालको मात्र सेवा प्रदान गरिने जानकारी दिनुभयो ।

“नेपालगन्ज अस्पतालबाट बिरामीहरूलाई प्रदान गरिने सेवा सुविधा विस्तार गर्दै अस्पताललाई स्तरोन्नति गरी स्वास्थ्य सेवा मात्र प्रदान गर्ने निर्णय गरेका छौँ ।” कम्पनी सचिव शर्माले भन्नुभयो । उहाँले नेपालगन्जमा एमआरआई मेशिन नभएको अवस्थामा केही समय अघिदेखि १।५ टेस्लाको एमआरआई सेवासमेत प्रदान गर्दै आएको जानकारी दिनुभयो । आउने साउन महिनादेखि नेपालगन्ज अस्पतालबाट मुटुको उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिने उहाँले बताउनुभयो ।

त्यसै गरी नेपालगन्जको भवानीयापुरमा रहेको अस्पतालको २० बिघा जग्गामा पनि भौतिक संरचना निर्माण गरी विभिन्न विषयमा पारा मेडिकल कोर्सहरू सञ्चालन गर्ने कार्यसमेत अगाडि बढाइएको शर्माले जानकारी दिनुभयो ।

कोलपुरमा रहेको शिक्षण अस्पतालमा मात्र चिकित्सक अध्ययन गराइने अस्पताल प्रशासनले जनाएको छ । “नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरबाट चिकित्सा शिक्षा अध्ययन र अस्पताल सञ्चालन गर्दै आएकोमा अब देखि शिक्षण अस्पताल कोहलपुरमा मात्र चिकित्सक अध्ययन गराइनुका साथै अस्पताल पनि सञ्चालन गरिनेछ ।” कम्पनी सचिव शर्माले भन्नुभयो ।

कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रुपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्दै स्वास्थ्य उपचारको नयाँ नयाँ उपकरणहरू थप गरी विशेषज्ञ सेवा प्रदान गरिनुका साथै विशिष्टीकृत सेवा सुरुआत गरेर स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

गत वर्षदेखि बन्द गरिएको स्वास्थ्य बिमा कार्यक्रम पनि आगामी आर्थिक वर्षदेखि पुनः सुचारु गरिने र अस्पतालको मूल प्राथमिकतामा यस क्षेत्रका बिरामीहरूलाई सहज र किफायती स्वास्थ्य प्रदान गर्ने लक्ष्य लिइएको पनि पत्रकारमाझ जानकारी गराइएको थियो ।

मेडिकल कलेजबाट हाल सञ्चालन गर्दै आएको एमबिबिएस, एमडी÷एमएस, बिएससी नर्सिङका साथै आउने आर्थिक वर्षदेखि बिडिएस, बिएमआइटी, बिएमएलटी तथा पिसिएल नर्सिङ कोर्ससमेत सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।

शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा। रेसमबहादुर रानाले पछिल्ला वर्षहरूमा उपचारका लागि जिल्ला स्तरमै स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएपछि गुणस्तरीय सेवाका लागि मात्रै बिरामीहरू शिक्षण अस्पताल कोहलपुरमा आउने गरेको बताउनुभयो । उहाँले पछिल्ला वर्षहरूमा अस्पतालको गुणस्तरमा सुधारसँगै बिरामी सङ्ख्या पनि बढेको जानकारी दिनुभयो ।

२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ क्याम्पस, मेडिकल कलेजलगायतका प्रतिष्ठानहरूमा एक सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ४० नर्स, एक सय बढी पारा मेडिकलसहित एक हजार चार सय कर्मचारी कार्यरत छन् ।

कोहलपुर अस्पतालमा ५ सय २५ र नेपालगन्ज अस्पतालमा ३ सय १५ शय्याको सेवा प्रदान गर्दै आएको मेडिकल कलेजले कोहलपुरबाट र नेपालगन्जबाट दैनिक चार÷चार सय बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर मेडिकल कलेजका कार्यकारी निर्देशक सन्तोषकुमार बिएन, कम्पनीका सचिव श्यामकुमार शर्मा, कम्पनीका उपनिर्देशक डा। सन्तोषकुमार शर्मा, वित्तीय नियन्त्रक दिल्लीप्रसाद भुसाल, नेपालगन्ज शिक्षण अस्पतालका उपनिर्देशक डा। रोमन किदवाई, शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा। रेसमबहादुर राना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रिन्सिपल डा। अनुप शर्मा र नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा। कुमार पोख्रेलको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group